Technology Khabar १७ माघ २०८०, बुधबार
काठमाडौं ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन ठगी गरि रकमान्तर भएका खाताहरुको व्यवस्थापन गर्ने व्यक्ति पक्राउ गरेको छ।
अनलाइन ठगी सम्बन्धि यस कार्यालयमा प्राप्त निवेदनहरुको अनुसन्धान गरी निज व्यक्तिको खोजतलास गर्ने क्रममा यहि माघ १४ गते जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमको समन्वयमा फिदिम न.पा. वडा नं. १ अस्पताल चौकबाट डम्बर साहलाई नियन्त्रणमा लिएको छ।
सप्तरी, राजविराज नपा १०, डुम्री घर भएका साहलाई ह्वाट्सएप फेसबुक ईमो जस्ता सामाजिक साइटहरुमा विभिन्न व्यक्तिहरुलाई पार्सल पठाईदिन्छु भनि ठगि गर्ने गरेको र ठगि भई पिडकहरुले निज डम्बर शाहले संचालन गरेको उद्गम भेन्चर क्यापिट, प्रोफिस्ट ग्रुप र डम्बर साहको व्यक्तिगत खातामा विभिन्न लेयरमा रकम पठाउने गरेका थिए।
सो खातामा एक अर्ब उनान्पचास करोड बईसठ्ठीलाख चौरहत्तर हजार दुई सय चौवालिस रुपैयाँ रहेको थियो।
प्रहरीकाअनुसार उक्त रकमहरु निज साहले पिडकले खोजेको बखतमा (क्यास, क्रिप्टो, बैंक ट्रान्सफर र इन्ट्रिसेट) समेत उपलब्ध गराउने गरेका थिए।
निज विरुद् ३४ जनाको उजुरी रहेको र निज पिडितहरुको सो खातामा रकमान्तर भएको बताईएको छ।
हाल साहलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ।
प्रकाशित: १७ माघ २०८०, बुधबार