गोगोरोको नयाँ इलेक्ट्रिक स्कुटर गोगोरो प्लस सार्वजनिक

Technology Khabar १७ माघ २०८०, बुधबार

काठमाडौं ।

पछिल्लो समय अन्तर्राष्ट्रिय विस्तार घोषणा पछि, गोगोरोले मंगलबार आफ्नो नवीनतम इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार नयाँ मोडल गोगोरो पल्स सार्वजनिक गरेको हो। नयाँ मोडलले कम्पनीको विद्यमान स्वाप गर्न मिल्ने ब्याट्री स्ट्यान्डर्ड अन्तर्गत पर्छ। गोगोरोले हालसम्म उच्चतम प्रदर्शन भएको विद्युतीय स्कुटरको रूपमा प्राविधिक क्रान्तिको सुरुवात गरेको छ।

गोगोरो पल्सले स्कूटर हाइपर ड्राइभ पावरट्रेनलाई पावर दिनका लागि कम्पनीले विकास गरेको ब्रान्ड–नयाँ मोटर प्रयोग गर्छ। नयाँ ९ किलोवाट रेटेड एच१ मोटर कम्पनीको नयाँ हाइपरकोरका साथ जोडिएको छ। एक शक्तिशाली स्मार्ट सिस्टमले अत्याधुकिन ट्रयाक्सनलाई कन्ट्रोल गर्छ। यो स्कुटरको किटका लागि एक महत्वपूर्ण हिस्सा जसाले ३७८ एनएम टर्क उत्पादन गर्छ।

स्कुटर ३.०५ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टा गति प्रदान गर्छ सक्षम छ।

गोगोरो पल्स कम्पनीको नयाँ स्मार्ट ककपिट ड्यासबोर्डका साथ उपलब्ध छ। जून ठूलो १०.२५ इन्चको पानोरामिक एचडी टच डिस्प्लेको वरिपरि निर्मित छ जुन गोगोरोको आईक्यू टच एचडी प्रयोगकर्ता इन्टरफेससँग एकीकृत छ।

नयाँ आईक्यू टच एचडी सिस्टमले विभिन्न प्रकारका नयाँ फिचर्स र सेवाहरु प्रदान गर्छ। जसमा राइड मोड, रियल टाइम ट्राफिक जानकारी सहितको जीपीएस नेभिगेसन, द्रुत र सुविधिाजनक ब्याट्री स्वापका लागि गोगोरो गोस्टेशन लोकेसन समावेश छन्।

प्रकाशित: १७ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया