Technology Khabar १७ माघ २०८०, बुधबार
काठमाडौं ।
सामसङले विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर चिप फर्मको उपाधी गुमाएको छ। काउन्टरप्वाइन्ट रिसर्चको पछिल्लो तथ्यांक अनुसार सामसङ इलेक्ट्रोनिक्सको सेमीकन्डक्टर चिप डिभिजनले २०२३ मा ४३.४ अर्ब अमेरिकी डलर राजश्व संकलन गरेको छ। अघिल्लो वर्ष २०२२ मा सामसङ इलेक्ट्रोनिक्सले ७०.२ अर्ब अमेरिकी डलर राजश्व संकलन गरेको थियो। बजारमा चिपको घट्दो माग र आफ्नो उपभोक्तालाई उन्नत चिप उपलब्ध गराउन सामसङ असफल रहेकाले अघिल्लो वर्षको तुलनामा सामसङले व्यवसायमा ३८ प्रतिशतको गिरावट सामना गरेको छ।
सामसङलाई पछि पार्दै अमेरिकी सेमीकन्डक्टर कम्पनी इन्टेल शीर्ष स्थानमा उक्लेको छ। इन्टेलको राजश्व पनि घटेको छ। इन्टेलको राजश्व १५ प्रतिशतले घटेको छ। २०२२ मा ५९.८ अर्ब अमेरिकी डलर राजश्व संकलन गरेको इन्टेलले २०२३ मा ५०.५ अर्ब अमेरिकी डलर राजश्व संकलन गरेको छ।

२०२३ मा राजश्व वृद्धि गर्ने सेमीकन्डक्टर चिप कम्पनीमा एनभिडिया मात्र रहेको छ। एआईको तीब्र वृद्धि र क्लाउड सर्भरको लागि शक्तिशाली जीपीयूको उच्च मागले एनभिडियाको राजश्व बढ्न मद्दत गर्यो। एनभिडिया २०२३ मा राजश्वमा ८६ प्रतिशतको ठूलो वृद्धि हासिल गर्न सफल रहर्यो। कम्पनीले २०२२ १६.३ अर्ब अमेरिकी डलरको तुलनामा २०२३ मा ३०.३ अर्ब अमेरिकी डलर राजश्व संकलन गरेको छ।
क्वालकम २०२३ मा ३०.२ अर्ब डलर राजश्वको साथ चौथो स्थानमा रहेको छ। जुन अघिल्लो वर्षको ३६.३ अर्ब डलरभन्दा १७ प्रतिशत कम हो। ब्रोडकम आफ्नो पाँचौं स्थानमा कायम रहन सफल भएको छ। कम्पनीको ३० अर्ब डलर राजश्व अघिल्लो वर्षको भन्दा १३ प्रतिशत बढी हो।
प्रकाशित: १७ माघ २०८०, बुधबार