मानिसमा इलन मस्कको न्यूरालिंक चिप सफलतापूर्वक प्रत्यारोपण

  • Technology Khabar | १६ माघ २०८०, मंगलवार
मानिसमा इलन मस्कको न्यूरालिंक चिप सफलतापूर्वक प्रत्यारोपण

काठमाडौं ।

ब्रेन–चिप स्टार्टअप ‘न्यूरालिंक’ ले मानिसमा आफ्नो उपकरणको सफल प्रत्यारोपण गरेको घोषणा गरेको छ। साथै यो सफलता टेक्नोलोजी र चिकित्साको विकासमा एक स्मारक क्षणको रूपमा प्रकट भएको उल्लेख गरिएको छ। कम्पनीका हाई–प्रोफाइल संस्थापक इलन मस्कका अनुसार आईतबार प्रक्रियाबाट गुज्रिएका बिरामीको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन्।

यो छलांग न्यूरालिंकको महत्वाकांक्षाको प्रमाण मात्र नभएर ब्रेन–कम्प्यूटर इन्टरफेस (बीसीआईएस) को क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गा पनि भएको उल्लेख छ। मानव परीक्षणका लागि भनेर गत वर्ष अमेरिकामा फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (अमेरिकी खाद्य र औषधि प्रशासन) को अनुमोदनले यस महत्त्वपूर्ण अवसरको लागि चरण सेट गरेको उल्लेख छ। यी परीक्षणहरूको प्राथमिक उद्देश्य साहसी तर प्रेरणादायी छः पक्षाघातका बिरामीहरूलाई तिनीहरूको थट (विचार) मात्र प्रयोग गरेर डिजिटल इन्टरफेसहरू, जस्तै कम्प्युटर कर्सर वा किबोर्डहरू नियन्त्रण गर्न सक्षम बनाउने उल्लेख गरिएको छ।

यो प्रक्रिया एक सर्जिकल रोबोटद्वारा सटीकताका साथ एक्जीक्युट (कार्यान्वयन) गरिएको र जसले मुभमेन्ट इन्टेन्सन गभर्न (नियन्त्रण) गर्ने ब्रेन रिजन (मस्तिष्क क्षेत्र) मा इम्प्लान्ट प्लेसिङ्ग (प्रत्यारोपण राख्नु) समावेश गर्ने उल्लेख गरिएको छ। इम्प्लान्टको अल्ट्रा–फाइन थ्रेडहरू न्यूरल सिग्नलहरू पिक अप (टिप्न) गर्नका लागि डिजाइन गरिएको र जसले थट (विचार) लाई डिजिटल रियल्म (क्षेत्र) मा कार्यमा रूपान्तरण गर्ने जनाइएको छ। कम्पनीले आफ्नो पहिलो प्रोडक्ट (उत्पादन) लाई “टेलीप्याथी” नाम दिएको छ भने यो प्रविधिको लागि उपयुक्त मोनिकर हुनुका साथै सीधै साइन्स फिक्सन (विज्ञान कथा) बाट आएको जस्तो देखिन्छ भनि थप उल्लेख गरिएको छ।

यस विकासको वरिपरि अप्टिमिजम (आशावाद) रहे तापनि न्यूरालिंकले सामना गरेको छानबिनलाई पहिचान गर्न महत्त्वपूर्ण भएको भनि उल्लेख गरिएको छ। त्यसका साथै खतरनाक सामग्रीहरूको गलत व्यवस्थापनको लागि यूएस डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेसन (अमेरिकी यातायात विभाग) ले लगाएको जरिवानासँगै कम्पनीको नियोजित सुरक्षा प्रोटोकलहरूको बारेमा चिन्ताहरू उठाइएको उल्लेख छ। त्यसैगरी, सांसदहरूको एक समूहले यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (आयोग) लाई पशु परीक्षणहरूमा प्रतिकूल प्रभावहरूको रिपोर्टहरू पछ्याउँदै, न्यूरालिंकको प्रविधिको सुरक्षाको सम्बन्धमा मस्कद्वारा सम्भावित गलत बयानहरू (मिसरिप्रिजेन्टेसन) को बारेमा छानबिन गर्न आग्रह गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार