सामाजिक सञ्जालमा आएको निशुल्क विद्युत दिने भ्रामक सूचनाबाट सचेत हुन विद्युत प्राधिकरणको आग्रह

  • Technology Khabar | १५ माघ २०८०, सोमबार
सामाजिक सञ्जालमा आएको निशुल्क विद्युत दिने भ्रामक सूचनाबाट सचेत हुन विद्युत प्राधिकरणको आग्रह

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरण (एनईए)ले आफ्नो लोगो दुरुपयोग गरी निःशुल्क विद्युत एकाइ प्रस्ताव भन्ने विषयको भ्रमपूर्ण सूचना देखिएको भन्दै सबैलाई सचेत हुन भनेको छ।

एनईएको वितरण तथा ग्राहक सेवा निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै सामाजिक संजालहरुमा देखिएको उक्त सूचना भ्रामक र झुटो भएको स्पष्ट पारेको छ।

“विभिन्न सामाजिक सञ्जालमार्फत ‘नेपाल विद्युत प्राधिकरणले नयाँ वर्षको उपलक्ष्यमा नयाँ तथा पुराना सबै ग्राहकलाई १०० वटा विद्युत युनिट निःशुल्क वितरण गर्ने भएको भनी प्राधिकरणको लोगो समेत दुरुपयोग गरी भ्रमपूर्ण सूचना प्रवाह भइरहेको देखिन आएको हुँदा यस्ता भ्रमपूर्ण तथा कपोलकल्पित सूचना माथि कुनै विश्वास नगर्नुहुन समस्त ग्राहक वर्गमा अनुरोध गरिन्छ।” विद्युत प्राधिकरणको सूचनामा भनिएको छ।

साथै एनईएबाट जारी गरिएको आधिकारिक सूचना बाहेकको हकमा प्राधिकरण जिम्मेवार नहुने समेत जानकारी दिएको छ।

प्रकाशित: १५ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...