अमेरिकाले एडभान्स चिप्सका लागि अरबौं डलर सब्सिडी घोषणा गर्ने

  • Technology Khabar | १५ माघ २०८०, सोमबार
अमेरिकाले एडभान्स चिप्सका लागि अरबौं डलर सब्सिडी घोषणा गर्ने

काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले आगामी हप्तामा इन्टेललगायत ताइवानका शीर्ष सेमीकन्डक्टर कम्पनीहरूलाई अर्बौं डलर अनुदान दिने अपेक्षा गरिएको छ। यसले ताइवानका सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले अमेरिकामा नयाँ कारखानाहरू निर्माण गर्न मद्दत गर्ने वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेको छ।

आगामी घोषणाले स्मार्टफोन, आर्टिफिसियल इन्टेलिजेन्ट, र हतियार प्रणालीहरूलाई पावर गर्ने एडभान्स सेमीकन्डक्टरले उत्पादनलाई दिने लक्ष्य राखेको छ। वाल स्ट्रीट जर्नलले यस वार्तासँग परिचित उद्योगका अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

रिपोर्टका अनुसार कार्यकारीहरुले मार्च ७ को बाइडेनको स्टेट अफ यूनियन सम्बोधन अघि केही घोषणा आउने आशा गरेका छन्।

वाल स्ट्रीट जर्नलका अनुसार सब्सिडीको सम्भावित प्राप्तकर्ताहरू मध्ये, इन्टेलको एरिजोना, ओहायो, न्यू मेक्सिको र ओरेगनमा परियोजनाहरू चलिरहेको छ। जसको लागत ४३.५ अर्ब अमेरिकी डलर भन्दा बढी हुनेछ।
अर्को सम्भावित प्राप्तकर्ता, ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) सँग फिनिक्स नजिकै ४० अर्ब डलरको कुल लगानीको लागि दुई प्लान्टहरू निर्माणाधीन छन्। दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्स पनि सब्सिडीका लागि दाबेदार रहेको छ। जसको टेक्सासमा १७.३ अर्ब डलरको परियोजना छ।

माइक्रोन टेक्नोलोजी, टेक्सस इन्ट्रुमेन्ट्स, ग्लोबलफाउन्ड्रिज लगायत अन्य कम्पनी सब्सिडीका लागि दाबेदार छन्।

प्रकाशित: १५ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार