ईभी निर्माता पोलस्टारले विश्वभर आफ्नो कार्यबलको १५ प्रतिशत कटौती गर्ने

  • Technology Khabar | १५ माघ २०८०, सोमबार
ईभी निर्माता पोलस्टारले विश्वभर आफ्नो कार्यबलको १५ प्रतिशत कटौती गर्ने

काठमाडौं ।

स्वीडेनको विद्युतीय कार कम्पनी पोलस्टारले विश्वभरबाट आफ्नो कर्मचारीको संख्या १५ प्रतिशतले कटौती गर्ने भएको छ। “चुनौतीपूर्ण बजार अवस्था” को कारणले गर्दा करिब ४५० कर्मचारीहरूलाई घटाउने अपेक्षा गरिएको छ।

कम्पनीको हालैको चौथो त्रैमासिक ग्लोबल फिस्कल रिपोर्ट अनुसार सन् २०२२ को तुलनामा ग्लोबल कार डेलिभरीमा ६ प्रतिशतले वृद्धि भएतापनि यो कटौती समाचार आएको हो।

कम्पनीले सन् २०२३ को मे महिनामा नै आफ्नो हेडकाउन्ट घटाउने चेतावनी दिएको थियो भने सोही समयताका कम्पनीले आफ्नो उत्पादन लक्ष्यहरू पनि आफ्नो प्रारम्भिक लक्ष्यबाट १० हजारदेखि २० हजार युनिटले निराशाजनक रूपमा घटेको घोषणा गरेको थियो।

पोलस्टारले आफ्नो निर्णयको रक्षा गर्दै ब्यापारलाई अझ प्रभावकारी बनाउनको लागि लागत कटौतीमा “आफ्नो ध्यानलाई तीव्रता दिइरहेको” बताएको छ।

सन् २०२४ मा पोलस्टार २ लाइनअप लङ्गर माइलेज र फास्टर चार्जिङ्ग सहित नयाँ अपग्रेडहरूको सूटको साथ बलियो रूपमा आउने जनाइएको छ। यद्यपि, टेस्ला जस्ता प्रतिद्वन्द्वीहरूद्वारा उत्पादित नयाँ मोडलहरू १०,००० अमेरिकी डलर कम मूल्यमा प्राप्त गर्न सक्ने भएकाले खरिदकर्ताहरूलाई कम्पनीको लगभग ५०,००० अमेरिकी डलरको मूल्य ट्यागले आकर्षित गर्न नसक्ने देखिन्छ।

प्रकाशित: १५ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...