Technology Khabar १४ माघ २०८०, आईतवार
काठमाडौं ।
युट्युबसँग प्रतिस्पर्धा गर्न बाइटडान्सले छोटो भिडियो बनाउने एप टिकटकमा ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा उपलब्ध गराउने भएको छ। प्लेटफर्म यसको छोटो-फार्म भिडियो ढाँचाबाट टाढा जाँदैछ।
सोसल मिडिया कन्सल्टेन्ट म्याट नवाराले पहिलो पटक बेलायतमा आइओएस बिटा एप र एन्ड्रोइड एपमा नयाँ फिचर देखेको उल्लेख गरेका छन्।
टिकटक यसको छोटो भिडियोका लागि लोकप्रिय छ। कम्पनीले यसलाई १५ सेकेण्डको भिडियोबाट सुरु गरेको थियो र पछि भिडियोको सीमा बढाएर १ मिनेट पुर्याएको थियो। पछिल्लो समय मागलाई मध्यनजर गर्दै फेरि ३ मिनेट र पछि १० मिनेटमा परिमार्जन गरिएको थियो।
यसअघि कम्पनीले १५ मिनेटको भिडियोको पनि परीक्षण गरिरहेको छ, यद्यपि यो प्लेटफर्ममा जारी गरिएको छैन। अब कम्पनीले ३० मिनेटको भिडियो लिमिटमा काम गरिरहेको छ।
टिकटक प्रयोगकर्ताहरूको लागि नयाँ सुविधा
टिकटकले आफ्नो प्लेटफर्ममा थप प्रयोगकर्ताहरू र सामग्री सिर्जनाकर्ताहरू ल्याउन ३० मिनेटको सीमा परीक्षण गरिरहेको छ। तसर्थ, यसलाई बिना सीमा भिडियो अपलोड गर्ने सुविधा दिने युट्युबसँगको प्रत्यक्ष प्रतिस्पर्धाको रूपमा हेरिएको छ। यस विस्तारको साथ, टिभी कार्यक्रमहरूको पूर्ण एपिसोडहरू र कुनै पनि प्रकारको लामो प्रकृतिको सामग्री टिकटकमा पोस्ट गर्न सकिन्छ।
टिकटक यसको छोटो भिडियोहरूको लागि एक लोकप्रिय प्लेटफर्म भएकोले, प्रयोगकर्ताहरूलाई भिडियोको दाहिने छेउमा ट्याप गरेर भिडियोलाई फास्६ फर्वार्ड गर्न अनुमति दिनेछ। टिकटकले केही महिना अघि १५ मिनेटको भिडियो प्रस्तुत गर्दा यस्तै सुविधा देखिएको थियो।
छोटो भिडियोका लागि पहिलेदेखि नै लोकप्रिय रहेको यस प्लेटफर्ममा प्रयोगकर्ताले लामो भिडियोलाई कत्तिको मन पराउँछन्, त्यो भने हेर्न बाँकी छ। यो फिचर प्रयोगकर्ताका लागि कहिले लन्च हुन्छ भन्ने अहिले थाहा छैन।
प्रकाशित: १४ माघ २०८०, आईतवार