सामसङले फोल्डेबल फोन ‘ग्यालेक्सी जेड फोल्ड ६’ को सस्तो भेरिएन्ट ल्याउन सक्ने

  • Technology Khabar | १४ माघ २०८०, आईतवार
सामसङले फोल्डेबल फोन ‘ग्यालेक्सी जेड फोल्ड ६’ को सस्तो भेरिएन्ट ल्याउन सक्ने

काठमाडौं ।

दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड ६ (Galaxy Z Fold 6) यस वर्ष दुई भेरियन्टमा लन्च गर्न सक्नेछ। कम्पनीले आफ्नो स्ट्यान्डर्ड बुक स्टाइल स्मार्टफोनसँगै सस्तो संस्करण ल्याउन सक्नेछ।

यसको अर्थ सामसङले यस वर्षको अन्त्यसम्ममा दुईवटा ठूला फोल्ड गर्न मिल्ने स्मार्टफोन र एउटा क्ल्यामशेल स्टाइल फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक गर्न सक्नेछ।

यसले सामसङलाई चिनियाँ स्मार्टफोन कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सजिलो बनाउनेछ। द इलेकको एक रिपोर्टले उद्योग स्रोतहरूलाई उद्धृत गर्दै बताउँछ कि सामसङले ग्यालेक्सी जेड फोल्ड ६ एन्ट्री-लेभल स्मार्टफोन लन्च गर्ने योजना बनाएको छ। यसलाई ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लीप ६ का साथमा एकैपटक लन्च गर्न सक्नेछ।

करिब चार वर्षअघि ग्यालेक्सी जेड फोल्ड सार्वजनिक गरेपछि कम्पनीले पहिलो पटक सस्तो स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ। तर, यो रिपोर्टले प्रिमियम स्मार्टफोनको उच्च मागका कारण कम्पनीका कम मूल्यका स्मार्टफोनको बिक्री प्रभावित हुन सक्ने बताएको छ।

स्मरणरहोस्, गत हप्ता विश्व बजारमा र नेपाली बजारमा यहि शुक्रबार कम्पनीको ग्यालेक्सी एस २४ सिरिज अनावरण भएको छ।

प्रकाशित: १४ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार