एप्पल आईफोन १६ मा राखिने प्रोसेसर र क्यामराका विषयमा नयाँ बिवरण ‘लीक’

Technology Khabar १४ माघ २०८०, आईतवार

काठमाडौं ।

पछिल्ला केही हप्ताहरूमा, एप्पलको २०२४ आईफोन लाइनअपको बारेमा धेरै रिपोर्टहरू बाहिरिएका छन्।

यसै क्रममा, एक ताजा लीकले आईफोन १६ सिरिजको क्यामरा र प्रोसेसर विवरणहरूको बारेमा थप विवरणहरूको बारेमा खुलासा गरेको छ।

एप्पल आईफोन १६ को स्पेक्स

यो पछिल्लो जानकारी वेईबो (एक चिनियाँ माइक्रोब्लगिङ वेबसाइट) मा एक टिपस्टरबाट आएको उल्लेख छ। अनलाइन पोष्टलाई हेर्दा, एप्पल ए१८ बायोनिक चिपसेट टीएसएमसीको ३ एनएम प्रक्रियामा आधारित हुने जनाइएको छ।

यसबाहेक, यो प्रोसेसर आईफोन १६ मा समावेश गरिने सम्भावना रहेको छ भने यो प्रोसेसर क्वालकम स्न्यापड्रागन ८ जेन ४ र मिडियाटेक डाइमेन्सिटी ९४०० जस्ता नेक्स्ट जेन फ्ल्यागशिप ग्रेड चिपसेट भएको उल्लेख छ।

त्यसैगरी टिपस्टर स्मार्ट पिकाचु ले पनि तीनओटै प्रोसेसरहरू सन् २०२४ को एकै समयमा लन्च हुने अपेक्षा गरेका छन्।

ए१८ बायोनिक सिरिजले वाईफाई-६ई र वाईफाई ७ को डुअल संस्करणहरू प्रदान गर्ने जनाइएको छ। यसबाहेक, प्रोसेसरले डबल ४८ मेगापिक्सेल क्यामरा पनि पावर गर्नेछ। साथै आईफोन १६ ले ५एक्स अप्टिकल जुम प्रदान गर्ने टेलिफोटो लेन्स अफर गर्ने लामो समयदेखिकै चर्चा रहेको छ।

प्रकाशित: १४ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया