सामसङ नेपालले अनावरण गर्यो ग्यालेक्सी एस२४ सिरिज

Technology Khabar १३ माघ २०८०, शनिबार

काठमाडौं ।

सामसङले नेपालमा पनि नयाँ ग्यालेक्सी एस२४ सिरिजको रिलीजको साथ मोबाइल एआईको नयाँ युगको औपचारिक घोषणा गरेको छ।

शुक्रबार आयोजना गरिएको अनप्याक कार्यक्रममा मोबाइल उपकरणहरू मार्फत विश्वसँग अन्तरक्रिया गर्ने तरिकालाई सधैँका लागि परिवर्तन गरिदिएको दाबी गरेको छ।

कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी एस२४ सिरिजको अनावरण गरेका थिए।

निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी एस२४ साँच्चै नै भविष्यको फोन हो। सामसङ ग्यालेक्सी एआइको साथ हामी अल्ट्रा–पर्सनालाईज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिनेछौँ। हाम्रो पहिलो एआइ सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्छ। आज हामी एउटा नयाँ अध्याय खोल्दैछौं, जहाँ मानवीय क्षमतालाई मुक्त गर्न कुनै बाधाविना छैन।”

ग्यालेक्सी एस२४ सिरिजले नेटिभ कल एप भित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवाद सुविधा प्रदान गर्दछ। यस सुविधाले, अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि, आफ्नो प्रयोगकर्ताको लागि १३ भाषाहरूमा अडियो र टेक्स्ट अनुवादहरूलाई समर्थन गर्दछ।

ग्यालेक्सी एस२४ अल्ट्राको नयाँ प्रोभिजुअल इन्जिनद्वारा सञ्चालित एआई उपकरणहरूको फराकिलो सुइटको साथ प्रयोगकर्ताहरुको सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बनाउँछ।

ग्यालेक्सी एस२४ सिरिजको साथमा प्रयोगकर्ताहरुले आफ्नो मनपर्ने सोशल मिडिया एपहरुमा ग्यलेक्सीको नेटिभ क्यामरा अनुभवको फाइदा लिनसक्ने बताईएको छ।

प्रयोगकर्ताहरूले एकै समयमा अगाडि र पछाडि क्यामराहरू प्रयोग गरी ४के भ्लगहरू सिर्जना गर्न डुअल रेकर्डिङ प्रयोग गर्न सक्नेछन्।

ग्यालेक्सी एस२४ सिरिजमा ग्यालेक्सीको लागि क्वाल्कम स्न्यापड्रागन ८ जेन ३मोबाइल प्लेटफर्म र सामसङको एक्सीनोस २४०० सँग सुसज्जित छ।

ग्यालेक्सी एस२४ अल्ट्रा डिजाइनले ग्यालेक्सी स्मार्टफोनमा पहिलो पटक अतुलनीय प्रिमियम अनुभूति र परिष्कृत स्थायित्वका लागि टाइटेनियमको प्रयोग गरेको छ। अहिलेसम्मको सबैभन्दा पातलो मोडल, डिभाइसमा एस पेन (क् एभल) सँग मिल्दो फ्ल्याट फ्रन्ट एज डिस्प्ले र बेजेलहरू सहितको थप जीवन्त र टिकाउ स्क्रिन रहेको छ।

प्रयोगकर्ताहरूलाई अझ लामो समयसम्म आफ्ना ग्यालेक्सी उपकरणहरूको अनुकूलित कार्यसम्पादनलाई विश्वसनीय रूपमा अनुभव गर्न मद्दत गर्न सात जेनेरेसनका ओएस अपग्रेडहरू र सात वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दछ।

ग्यालेक्सी एस२४ शृङ्खलाका डिभाइसहरू माघ २४ गतेदेखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

सामसङकाअनुसार ग्यालेक्सी एस २४ सिरिजको न्यूनतम मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँदेखि शुरु हुनेछ।

प्रकाशित: १३ माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया