तीन महिनामा इन्टरनेट सेवा सम्बन्धि ७७ गुनासो दर्ता

  • Technology Khabar | १२ माघ २०८०, शुक्रबार
तीन महिनामा इन्टरनेट सेवा सम्बन्धि ७७ गुनासो दर्ता

काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा इन्टरनेट सेवा सम्बन्धि ७७ ओटा गुनासो दर्ता भएको छ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० असोजसम्मको एमआईएस रिपोर्टमा इन्टरनेट सेवा सम्बन्धि ७७ ओटा गुनासो दर्ता भएको देखिन्छ।

इन्टरनेट सेवा सम्बन्धित सबैभन्दा धेरै गुनासो इन्टरनेट स्पीड घट्बढ/इन्टरनेट सुस्त/प्याकेज/व्याण्डविथ सम्बन्धमा रहेको छ। इन्टरनेट स्पीड घट्बढ/इन्टरनेट सुस्त/प्याकेज/व्याण्डविथ सम्बन्धमा साउनदेखि असोजको अवधिमा २८ ओटा गुनासो दर्ता भएको प्राधिकरणको रिपोर्टमा देखिन्छ।

यस्तै इन्टरनेट नचलेको सम्बन्धमा १८ ओटा गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ।

बिलिङ/क्षतिपूर्ति सम्बन्धमा १०, मर्मत समस्या ६, टाल फ्रि नम्बर सम्बन्धमा ३ र राउटर समस्या २ र अन्य १० इन्टरनेट सम्बन्धी गुनासो प्राधिकरणमा दर्ता भएको छ।

गुनासो दर्ताको बारेमा उल्लेख भएपनि ती गुनासोहरु कति फर्छ्यौट भए वा भएनन भन्ने विषयमा भने कुनै जानकारी दिईएको छैन्।

प्रकाशित: १२ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...