एप्पल म्युजिक क्लासिकल आधिकारिक रुपमा एशियाका ६ बजारमा लन्च

Technology Khabar १२ माघ २०८०, शुक्रबार

काठमाडौं ।

एप्पल म्युजिक क्लासिकल एप यस महिनाको सुरुमा एशियाका छ ओटा बजार जापान, चीन, कोरिया, हङकङ, मकाउ र ताइवानमा पुगेको छ। तत्कालिन समयमा कम्पनीले प्रयोगकर्ताहरूलाई “ प्रि अर्डर र्व–अर्डर“ गर्न आग्रह गरेको थियो। बिहीबार प्रारम्भिक लन्चको दुई हप्ता पछि, सेवा अन्ततः उपलब्ध छ।

यो सेवा सबै एप्पल म्यूजिक ग्राहकहरु को लागि निः शुल्क छ तर एक स्ट्यान्डअलोन एपसँग पनि काम गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसले हाई–रेस लसलेस अडियोमा ५ मिलियन भन्दा बढी क्लासिकल ट्र्याकप्रदान गर्दछ, र मानिसहरूले आफ्नो एप्पल अकाउन्ट मार्फत सदस्यता लिन सक्छन्।

क्लासिकल स्ट्रिमिङ सेवासँग यसको एपमा विशेष सामग्री छ, र कामको नाम, अर्केस्ट्रा, कन्डक्टर, योगदान गर्ने कलाकारहरू र रेकर्डिङको वर्षबारे जानकारी दिने फरक इन्टरफेस छ।

ब्राउज ट्याबलाई विशिष्ट मागलाई उत्कृष्टसँग पूर्ति गर्नका लागि नियमित एप्पल म्युजिक एप भन्दा फरक ढंगले डिजाइन गरिएको छ।

प्रकाशित: १२ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया