नेपालमा फोरजी प्रयोगकर्ता २ करोड ४ लाख

  • Technology Khabar | ११ माघ २०८०, बिहीबार
नेपालमा फोरजी प्रयोगकर्ता २ करोड ४ लाख

काठमाडौं ।

नेपालमा चौथो पुस्ताको इन्टरनेट (फोरजी) प्रयोगकर्ता बढ्दो क्रममा देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० असोजको एमआईएस रिपोर्ट अनुसार फोरजी प्रयोगकर्ता २ करोड ४ लाख ३०९ पुगेका छन्।

२०७९ असोजमा नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८६ लाख २८ हजार ३४५ रहेका थिए।

एक वर्षको अवधिमा अवधिमा फोरजी प्रयोगकर्ता १७ लाख ७१ हजार ९६४ जनाले अर्थात ९.७७ प्रतिशतले बढेको छ।

हाल नेपाल दुई कम्पनीले दूरसञ्चार सेवा प्रदान गर्दै आइरहेको छ। फोरजी ग्राहकका आधारमा सरकारी स्वामित्वको नेपाल टेलिकम अग्र स्थानमा रहेको छ।

नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता १ करोड ३५ लाख १४ हजार ६५७ रहेका छन्। एनसेलको फोरजी प्रयोगकर्ता ६८ लाख ८५ हजार ६५२ रहेको छ।

प्रकाशित: ११ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...