पहिलो त्रैमासिकमा १.४७ प्रतिशतले बढे मोबाइल प्रयोगकर्ता

Technology Khabar ११ माघ २०८०, बिहीबार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक (साउनदेखि असोज) मा नेपालमा मोबाइल (सिमका आधारमा) प्रयोगकर्ता थोरैले बढेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० असोजको एमआईएस रिपोर्ट अनुसार पहिलो त्रैमासिकमा १.४७ प्रतिशतले मोबाइल प्रयोगकर्ता बढेका छन्।

गत आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मोबाइल प्रयोगकर्ता ३ करोड ३६ लाख २८ हजार ३५१ रहेका थिए। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा यो संख्या थोरेले बढेर ३ करोड ४१ लाख २२ हजार ५७४ पुगेको छ। तीन महिनाको अवधिमा मोबाइल प्रयोगकर्ता ४ लाख ९४ हजार २२३ ले बढेको छ।

असोजमा नेपाल टेलिकमको सिम प्रयोगकर्ता २ करोड ८ लाख ८७ हजार ८५७ रहेका छन्। गत आवको अन्तिम त्रैमासिकमा नेपाल टेलिकमका प्रयोगकर्ता २ करोड ३ लाख ९४ हजार ९५३ रहेका थिए। तीन महिनाको अवधिमा नेपाल टेलिकमको प्रयोगकर्ता ४ लाख ९२ हजार ९०६ अर्थात २.४१ प्रतिशतले बढेको छ।

यस तीन महिनाको अवधिमा एनसेलको प्रयोगकर्ता थोरैले मात्र बढेको देखिन्छ। गत आर्थिक वर्षको अन्तिम त्रैमासिकमा एनसेलको प्रयोगकर्ता एक करोड ३२ लाख ३३ हजार ३९८ रहेको थियो भने चालु आवको पहिलो त्रैमासिकमा एक करोड ३२ लाख ३४ हजार ७१५ पुगेका छन्। तीन महिनाको अवधिमा एनसेलको प्रयोगकर्ता एक हजार ३१७ अर्थात ०.०१ प्रतिशतले बढेको छ।

प्रकाशित: ११ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया