२०२३ मा चीनको ईभी चार्जिङ स्टेशनको संख्यामा बलियो वृद्धि

  • Technology Khabar | १० माघ २०८०, बुधबार
२०२३ मा चीनको ईभी चार्जिङ स्टेशनको संख्यामा बलियो वृद्धि

काठमाडौं ।

चीनले २०२३ मा विद्युतीय सवारीसाधन (ईभी)का लागि सार्वजनिक चार्जिङ स्टेशन (पाइल)को संख्यामा ५१ प्रतिशत वार्षिक वृद्धि देखेको एक उद्योग भित्रका व्यक्तिलाई उदृत गर्दै चिनियाँ समाचार एजेन्सीले जनाएको छ।

गत वर्षको तुलनामा सन् २०२३ मा सार्वजनिक चार्जिङ पाइलको संख्या ९३०,००० ले बढेको चाइना प्यासेन्जर कार एसोसिएसनका महासचिव कुइ डोङ्शुले बताएका छन्।

कुइका अनुसार २०२३ मा करिब २४ करोड ६० लाख नयाँ निजी चार्जिङ पाइलहरू थपिएका थिए।

चीनले हालैका वर्षहरूमा विद्युतीय सवारी साधनको चार्जिङ सुविधा विस्तार गर्दै आएको छ, जसले देशलाई आफ्नो चार्जिङ पाइलको संख्यामा अग्रणी स्थानमा राखेको छ।

घरेलु बजारमा देशको शुद्ध विद्युतीय यात्रुवाहक सवारी साधनको बिक्री सन् २०२३ मा ५.१५ मिलियन युनिट पुगेको कुईले बताए।

प्रकाशित: १० माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार