छ महिनामा १२ अर्ब ७३ करोडको ईभी आयात

Technology Khabar १० माघ २०८०, बुधबार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा १२ अर्ब ७३ करोड २७ लाख १ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार (ईभी) नेपाल भित्रिएको छ। यस अवधिमा उक्त रकम बराबरको ५ हजार १०७ यूनिट नेपाल भित्रिएको भन्सार विभागको वैदेशिक व्यापारको तथ्यांकमा देखिन्छ।

ईभीको आयातबाट सरकारले ५ अर्ब ६७ करोड ३५ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

नेपालमा सबैभन्दा ठूलो संख्यामा ५१ देखि १०० किलोवाट मोटर क्षमताको ईभी भित्रिने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ। उक्त क्षमताको ईभी ८ अर्ब ४५ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको २ हजार ९७० यूनिट आएको छ।

यस्तै ५० किलोवाट क्षमताको ३ अर्ब ८३ करोड ५४ लाख १७ हजार रुपैयाँ बराबरको २ हजार ५६ यूनिट ईभी आयात भएको छ।

साथै १०१ देखि २०० किलोवाट क्षमताको ३४ करोड ९७ लाख २ हजार रुपैयाँ बराबरको ६८ यूनिट ईभी आयात भएको छ।

२०२ देखि ३०० किलोवाट क्षमताको ९ करोड २१ लाख २९ हजार रुपैयाँ बराबरको १३ यूनिट ईभी आयात भएको छ।

नेपालमा ७ मुलुकबाट ईभी आउने गरेको देखिन्छ।

नेपालमा सबैभन्दा धेरै ईभी चीनबाट आयात हुने गरेको छ। चीनबाट ८ अर्ब ६० करोड ५८ लाख ७५ हजार रुपैयाँ बराबरको ३ हजार १२१ यूनिट ईभी आयात भएको छ।

भारतबाट ३ अर्ब ८१ करोड ९३ लाख ४८ हजार रुपैयाँ बराबरको १ हजार ९२२ यूनिट ईभी आयात भएको छ।

दक्षिण कोरियबाट २३ करोड १० लाख ६ हजार रुपैयाँ बराबरको ३९ यूनिट ईभी आयात भएको छ।

इन्डोनेसियाबाट २ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको १७ यूनिट ईभी आयात भएको छ।

जर्मनीबाट ३ करोड ८ लाख ३४ हजार रुपैयाँ बराबरको ५ यूनिट ईभी आयात भएको छ।

अमेरिकाबाट १ करोड ६६ लाख ६६ हजार रुपैयाँ बराबरको ३ यूनिट ईभी आयात भएको छ।

प्रकाशित: १० माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया