पालवर्ल्डः ‘पोकेमोन विथ गन’को तीन दिनमा ५० लाख कपि बिक्यो

  • Technology Khabar | १० माघ २०८०, बुधबार
पालवर्ल्डः ‘पोकेमोन विथ गन’को तीन दिनमा ५० लाख कपि बिक्यो

काठमाडौं ।

‘पोकेमोन विथ गन’ नामक गरिएको अनलाइन मल्टिप्लेयर गेमका निर्माताहरूले तीन दिनमा ५० लाख कपि बिक्री भएको बताएका छन्।

जापानी कम्पनी पकेटपेयरको पालवर्ल्ड शुक्रबार लन्च भएदेखि नै रातारात सफल भएको छ।

तर यसको अचम्मको लोकप्रियताको कारण कयौं पटक सर्भर क्र्यास हुँदा कहिलेकाहीँ खेलाडीहरूले लग इन गर्न संघर्ष गरे।

यसका प्राणीहरूको समानताको कारण गेमलाई पोकेमोन रिप–अफको रूपमा पनि आलोचना गरिएको छ।

पालवर्ल्डलाई ‘मल्टीप्लेयर मोन्स्टर (राक्षस) कलेक्टिङ गेम विथ ओपन वर्ल्ड सर्भाइवल इलिमेन्ट्स’को रूपमा वर्णन गरिएको छ।

प्लेयर जसलाई ‘पाल टमर्स’ को रुपमा चिनिन्छ। जो एक ठूलो नक्साको वरिपरि यात्रा गर्दै मानव शत्रु र ‘पाल्स’ को रुपमा चिनिने प्राणीसँग लड्द छ। जसलाई समात्न र भर्ती गर्न सकिन्छ।

मोन्स्टर या त लडाइहरूमा प्लेयरसँगै लड्न सक्छन्, वा वेसमा काम गर्न, क्राफ्टिङ आपूर्ति र क्षेत्रमा प्रयोगको लागि वस्तुहरू राख्न सकिन्छ।

ट्र्याकर वेबसाइट स्टिमडीबीका अनुसार गेमको चरम सीमामा, गेमले स्टीम मार्फत लगभग १३ लाख सक्र्रिय प्लेयर रिपोर्ट गरेको छ। र यसको पछाडिको टोलीले प्रारम्भिक जडान समस्याहरू समाधान गर्न आपतकालीन बैठक बस्नु परेको थियो।

प्रकाशित: १० माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार