पोर्शले नयाँ इलेक्ट्रिक म्याकन डिजाइन अनावरण, जनवरी २५ मा लन्च हुने

Technology Khabar १० माघ २०८०, बुधबार

काठमाडौं ।

पोर्शले आफ्नो नवीनतम अफरिङ ‘प्योर इलेक्ट्रिक म्याकान’को साथ इलेक्ट्रिक भेहिकल (ईभी) बजारलाई पुनः सक्रिय गर्दैछ।

यस बिन्दुमा आधिकारिक रूपमा घोषणा गरिएको यो मोडलले लक्जरी कार निर्माताको इलेक्ट्रिक मोबिलिटी (विद्युतीय गतिशीलता) को यात्रामा महत्त्वपूर्ण कदमको रूपमा चिन्ह लगाउने छ।

उन्नत प्रिमियम प्लेटफर्म इलेक्ट्रिक (पीपीई) मा निर्मित म्याकन दिगोपनको लागि मात्र नभएर हाई–पर्फमेन्स (उच्च प्रदर्शन) इन्जिनियरिङमा पोर्शको प्रतिबद्धताको प्रमाण भएको उल्लेख छ।यसको डिजाइनमा स्पोर्टिनेसलाई पोर्शको पर्यायवाची मानिने एलिगेन्ससँग निर्बाध रूपमा मिसाइएको उल्लेख छ। त्यसैगरी यसको अगाडिको आकर्षक भागमा रहेको स्प्लिट हेडलाइटहरूमा म्याट्रिक्स एलईडी डेटाइम रनिङ लाइट समावेश गरिएको छ।

त्यसैको तल रहेको हाई (उच्च) र लो (कम) बीम हेडलाइटहरूले फङ्गसनल र स्टाइलिश टच थपेको उल्लेख गरिएको छ। कारको स्पोर्टी आकर्षणलाई थ्रु–टाइप टेललाइट र आइकोनिक पोर्श लोगोका साथ यसको गोलाकार रियर डिजाइनले थप जोड दिएको छ।

म्याकनको इन्टेरियर (भित्री भाग) पनि उत्तिकै प्रभावशाली रहेको जनाइएको छ। यसको फ्युचरस्टिक तर सहज ककपिटमा १२.६ इन्चको पूर्ण डिजिटल फ्लोटिंग कर्भ डिस्प्ले रहेको छ। यो डिस्प्लेलाई ड्राइभरको लाइन अफ साइटमा राखिएको हुनाले यसले महत्त्वपूर्ण ड्राइभिङ जानकारीमा पहुँचको सहजताको दिनेछ।

हेड–अप डिस्प्ले प्रणालीमा अगुमेन्टेड रियालिटीको एकीकरण एक गेम–चेन्जर भएको र नेभिगेसन र स्पिड (गति) जस्ता महत्वपूर्ण डाटाहरू सिधै विन्डशील्डमा प्रक्षेपित हुने सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, कारमा कम्युनिकेशन लाइटहरू सहितको एम्बिएन्ट लाइटिङ फिचर गरिएको हुनाले यसले विभिन्न फङ्गसनहरूका लागि भिजुअल संकेतहरूको साथ ड्राइभिङ अनुभवलाई पनि वृद्धि गर्ने उल्लेख छ। उक्त विवरणमा यी ध्यानाकर्षणले पर्फमेन्सको मात्र नभई चालक र यात्रुको आराम र सुरक्षामा पनि पोर्शको प्रतिबद्धतालाई जोड दिएको छ।

पछिल्लो पुस्ताको परमानेन्ट म्यागनेट सिंक्रोनस मोटर्ससँग सुसज्जित रहको यस गाडीले ४५० किलोवाट भन्दा बढीको आउटपुट पावरको बोस्ट गर्ने जनाइएको छ। फ्ल्यागशिप मोडलले इलेक्ट्रोनिक रूपमा नियन्त्रित पोर्श ट्र्याक्सन म्यानेजमेन्ट सिस्टमका साथ थप प्रभाव पार्ने र जसले १००० एनएमभन्दा बढी टर्क प्रदान गर्ने उल्लेख छ।

त्यसैगरी पोर्श एक्टिभ सस्पेन्शन म्यानेजमेन्ट सिस्टमले रमाईलोका साथै सहज ड्राइभिङ अनुभव दिने दाबी गरेको छ।

प्रकाशित: १० माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया