Technology Khabar ९ माघ २०८०, मंगलवार
काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएप मार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका-४ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-२ स्थायी वतन भएका २४ वर्षीय भिमसेन भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
प्रहरीकाअनुसार रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रही, भेटघाटको क्रममा भएका क्रियाकलापको तस्विर तथा श्रव्य-दृश्य सम्पादन गरी सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएप मार्फत सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेका थिए।
सो बारेमा उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा भट्टको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ९ माघ २०८०, मंगलवार