Technology Khabar ९ माघ २०८०, मंगलवार
काठमाडौं ।
चीनले २०२३ को अन्त्यसम्ममा लगभग १.४ बिलियन फाइभजी ग्राहकहरू बनाउन सफल भएको छ।
चाइना मोबाइलले नोभेम्बरमा १ लाख ७१ हजार र अक्टोबरमा ७ लाख ४६ हजार ग्राहकहरूको तुलनामा डिसेम्बरमा ५२ हजार मात्र ग्राहक थपेको छ।
कम्पनीले डिसेम्बरमा कुल ९९ करोड १० लाख नयाँ मोबाइल ग्राहक लिएको छ।
चाइना टेलिकमले डिसेम्बरमा मात्र ५ लाख ४० हजार ग्राहकहरु थप्यो र महिनाको अन्त्यमा ४०७.७७ मिलियन प्रयोगकर्ताहरू रहेका थिए।
पछिल्लो समय, चीनले आफ्नो वास्तविक अर्थतन्त्रको डिजिटल र बौद्धिक रूपान्तरणलाई अगाडि बढाउने प्रयासमा आफ्नो ५जी नेटवर्कको निर्माणमा निरन्तर प्रगति गरिरहेको छ।
प्रकाशित: ९ माघ २०८०, मंगलवार