वर्ल्डलिंकले ल्यायो ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर

  • Technology Khabar | ८ माघ २०८०, सोमबार
वर्ल्डलिंकले ल्यायो ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ। कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ।

यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।
४ हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २ हजार २४९ रुपैयाँमा र ३ हजार २९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँमै यस अफरअन्तर्गत पाउन सकिनेछ।

यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ। स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ।

साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत निःशुल्क पाउनेछन्।

यो अफर पाउनका लागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जानुपर्नेछ। थप जानकारीका लागि ९८०१५२३०५२ मा कल गरी बुझ्न सकिनेछ वा वर्ल्डलिंकको अनलाईन सपोर्टबाट वा नजिकैको शाखा कार्यालयमा गएर बुझ्न सकिनेछ।

यो अफर सिमित अवधिको लागि लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ८ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार