एफ-१५० लाइटिङको घट्दो मागले उत्पादन कटौती गर्दै फोर्ड

  • Technology Khabar | ८ माघ २०८०, सोमबार
एफ-१५० लाइटिङको घट्दो मागले उत्पादन कटौती गर्दै फोर्ड

काठमाडौं ।

फोर्डले एफ-१५० लाइटिङको अपेक्षा भन्दा घट्दो मागका कारण उत्पादन कटौती गर्ने बताएको छ। अप्रिल १ सम्म, रुज इलेक्ट्रिक भेहिकल सेन्टर (मिशिगन प्लान्ट जहाँ इलेक्ट्रिक पिकअप बनाइएको छ) दुई उत्पादन शिफ्टबाट एकमा परिवर्तन हुनेछ। यसबाट करिब १ हजार ४०० कर्मचारी प्रभावित हुने इनग्याजेडले उल्लेख गरेको छ।

अटोमेकरले यहाँ करिब आधा कर्मचारीलाई मिशिगन असेम्बली प्लान्टमा सार्ने बताएको छ। यहाँ कम्पनी ब्रोनको र ब्रोनको र्याप्टर सहित नयाँ रेञ्जर र रेञ्जर र्याप्टर उत्पादन गरिनेछ। यसका लागि कम्पनीले अर्को ९ सय कर्मचारी नियुक्त गर्दैछ।

बाँकी प्रभावित एफ-१५० लाइटिनिङका कमदारहरुलाई रुज प्लान्ट वा फोर्डको क्षेत्रमा अन्य सुविधाहरूमा विभिन्न भूमिकाहरूमा पुनः नियुक्त गरिनेछ। साथै उनीहरुसँग सेवानिवृत्ति प्रोत्साहन प्रस्तावको विकल्प पनि प्रदान गरिनेछ।

फोर्डले एफ–१५० लाइटिनिङको उत्पादन कतिले घटाउँदै छ भन्ने बताएको छ। दुई सिफ्टलाई एकमा झारिने भएकाले सम्भवत उत्पादन आधाले घट्न सक्ने विश्वास गरिएको छ।

अटोमेकरले २०२३ मा रुज सुविधालाई पुनसंरचना गर्दै आफ्नो वार्षिक एफ–१५० लाइटनिङ क्षमता एक लाख ५० सम्म पुर्याइएको थियो। यद्यपि माग भने बढ्न सकेन।

प्रकाशित: ८ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...