नवप्रवर्तनमा कर्णाली प्रदेशबाट एघार स्थानीय तह

  • Technology Khabar | ८ माघ २०८०, सोमबार
नवप्रवर्तनमा कर्णाली प्रदेशबाट एघार स्थानीय तह

काठमाडौं ।

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि कर्णाली प्रदेशबाट ११ स्थानीय तह छनोट भएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) ले दिएको जानकारीअनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ११ वटा छनोटमा परेको हो ।

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीका अनुसार हुम्लाको सिमकोट गाउँपालिकासहित कर्णाली प्रदेशबाट थप अनुदान पाउने कार्यक्रमका लागि ११ ओटा स्थानीय तह छनोटमा परेका छन् ।

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम चालु आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम सञ्चालनका लागि पुस ५ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) बाट आवेदन सूचना प्रकाशन गरिएको छ ।

कर्णाली प्रदेशका ११ स्थानीय तहमा दैलेखको भगवतीमाई गाउँपालिका, हुम्लाको सिमकोट, दैलेखको महावु, सल्यानको कपुरकोट कालीमाटी, सिद्धकुमाल, रुकुमपश्चिमको चौरजहारी नगरपालिका, सल्यानको बागचौर, कालीकोटको तिलागुफा, रुकुमपश्चिमको बाफीकोट गाउँपालिका र सुर्खेतको लेकबँेसी नगरपालिका छनोटमा परेका छन् ।

देशभरबाट आवेदन दिएका २४२ स्थानीय तहमध्ये कार्यविधिमा तोकिएको मापदण्ड पूरा गरेका १०४ स्थानीय तहलाई छनोट गरिएको जनाइएको छ ।

महानगर, उपमहानगरपालिकाका हकमा एक करोड रुपियाँसम्मको कार्यक्रमका लागि ३० प्रतिशत, नगरपालिकाका हकमा एक करोड रुपियाँसम्मको कार्यक्रमका लागि २५ प्रतिशत लागत स्थानीय तहले व्यवस्था गर्नुपर्छ। गाउँपालिकाका हकमा ७५ लाख रुपियाँसम्मका लागि १५ प्रतिशत लागत स्थानीय तहले व्यवस्था गर्नु पर्छ। गोरखापत्रबाट

प्रकाशित: ८ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...