सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहत निकायका वेबसाइट डाउन

  • Technology Khabar | ७ माघ २०८०, आईतवार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहत निकायका वेबसाइट डाउन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट डाउन भएको छ।

मन्त्रालयको वेबसाइटमा हाल ४०४ पृष्ठ फेला परेन भन्ने संदेश देखाईरहेको छ।

यसअघि पनि संचार मन्त्रालयसहित अन्य मन्त्रालय र सरकारी निकायहरुका वेबसाइटहरु पटक पटक डाउन हुने गरेका छन्।

आज फेरी सञ्चार मन्त्रालयको वेबसाइट डाउन भएको हो भने मन्त्रालय मातहतका अन्य निकायहरुको पनि वेबसाइट डाउन भएको छ। सूचना प्रविधि विभाग र सूचना संचार तथा प्रशारण विभागको पनि वेबसाइट डाउन भएको हो।

४०४ कोडको अर्थ सर्भरले क्लाइन्ट-अनुरोध गरिएको वेबपेज फेला पार्न सकेन। त्रुटि सन्देशको भिन्नताहरूमा “४०४ त्रुटि,” “४०४ पृष्ठ फेला परेन” र “अनुरोध गरिएको यूआरएल फेला परेन।” भन्ने उल्लेख हुने गर्दछ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी प्रविन चौहानकाअनुसार संचार मन्त्रालय र मातहतका वेबसाइटहरु सूचना तथा प्रविधि विभागले हेर्ने भएकाले प्राविधिक समस्याको बारेमा जानकारी नहुने बताए।

*”सञ्चार मन्त्रालय अन्तर्गका सबै वेबसाइटहरु सूचना तथा प्रविधि विभागले एउटै टेम्पलेटले बनाउने भनेर अघि बढेको छ। यसको होस्टिङ्ग भने जीआईडीसीमै छ। तर यसको प्राविधिक विषयहरु सूचना तथा प्रविधिले हेर्दै आइरहेको छ।” उनले टेक्नोलोजीखबरसँग भने।

यसैबीच जानकारी लिन सञ्चार मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीसँग सम्पर्क गर्ने प्रयास हुँदा सम्पर्क हुन सकेन्। सच्चाइएको

 

प्रकाशित: ७ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार