विज्ञान, प्रविधि र नवप्रवर्तनलाई ‘नाम’ले उच्च प्राथमिकता दिनुपर्छः प्रधानमन्त्री

  • Technology Khabar | ६ माघ २०८०, शनिबार
विज्ञान, प्रविधि र नवप्रवर्तनलाई ‘नाम’ले उच्च प्राथमिकता दिनुपर्छः प्रधानमन्त्री
युगान्डा, ५ माघ ः अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा शुक्रबार आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘विज्ञान, प्रविधि र नवप्रर्वन’मा विकासशील र अल्पविकसित देशले सामना गरिरहेका व्यवधानलाई सम्बोधन गर्न ‘नाम’ले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले दिगो विकासका लक्ष्य हासिल तथा दक्षिणी विश्वको आर्थिक विकास र समृद्धिमा नामले जोड दिनुपर्ने बताए।

‘नाम’ले संयुक्त राष्ट्रसङ्घको पुनःसंरचनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्दै उनले दिगो शान्ति र साझा समृद्धि सुनिश्चितताका लागि बहुपक्षीय संस्था समावेशी, पारदर्शी र लोकतान्त्रिक हुनुपर्ने बताए। विश्वले झेल्नुपरेका साझा र समसामयिक चुनौतीलाई सम्बोधन गर्न ‘नाम’ले नेतृत्व लिनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्रीले भने, “विकासशील र अल्पविकसित देशले सामना गरिरहेको संस्थागत र क्षमताका बाधाहरूलाई  सम्बोधन गर्न ‘नाम’ ले ‘विज्ञान, प्रविधि र नवप्रवर्तन उच्च प्राथमिकता दिनुपर्छ।”

‘नाम’ का धेरै सहयात्री देशले सामाजिक–आर्थिक र प्राविधिक विकासमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उत्तर–दक्षिण र त्रिपक्षीय सहकार्यका साथै दिगो विकासका लागि साधन र स्रोतको कमी न्यूनीकरण गर्न दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

कोरोना महामारीपछिको पुनःउत्थान सुस्त र असमान रहेको जनाउँदै उनले यसले गरिब र सबैभन्दा कमजोर वर्गमाथि प्रहार गरेको बताए।

प्रकाशित: ६ माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...