काठमाडौं ।
हार्मोनीओएस इकोसिस्टम विकास कार्यक्रमको क्रममा, ह्वावेका डिभाइस क्लाउडका अध्यक्षले हार्मोनीओएस नेक्स्ट सफ्टवेयर प्रणालीले विकासको दोस्रो चरणमा रहेको घोषणा गरे। २०२४ को अन्त्यसम्ममा, कम्पनीले हार्मोनीओएस एप स्टोरमा थप ५ हजार नेटिभ एप्स समावेश हुने अपेक्षा गरेको छ।
ह्वावले निकट भविष्यमा हार्मोनीओएसमा थप ५ हजार नेटिभ एप थप्ने योजनामा काम गरिरहेको जीएसएमएरिनाले उल्लेख गरेको छ। उद्दारणका लागि एप्पल स्टोरमा २०२२ मा १७ लाख ८० हजार एप रहेको थियो। यसको दौडमा ह्वावे धेरै पछि छ।
हार्मोनीओएस नेक्स्ट नयाँ यूआई र कम्पनीको आफ्नै यूआई टूलकिल, एसडीकै र कम्पाइलरको साथ आउँछ। कम्पनीका अनुसार यो हार्मोनीओएसको पहिलो विमोचन हो जसको एन्ड्रोइडसँग कुनै सम्बन्ध छैन।
प्रकाशित: ६ माघ २०८०, शनिबार