एक्सले एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि शुरु गर्यो अडियो र भिडियो कल

Technology Khabar ६ माघ २०८०, शनिबार

काठमाडौं ।

एक्स (पहिले ट्विटर) ले सन् २०२३ को अक्टोबरमा आईओएस प्रयोगकर्ताहरूका लागि अडियो र भिडियो कलिङ फिचर रोल आउट गरेको थियो। अब, यो फिचर (सुविधा) एन्ड्रोइडमा पनि आउने भएको छ।

एक्समा इन्जिनियर रहेका एनरिकले एउटा पोस्टमा यस बारे समाचार साझा गर्दै लेखेका छन्, “एक्सको अडियो र भिडियो कलहरू बिस्तारै एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि आज शुक्रबारदेखि रोलआउट हुँदैछ! आफ्नो एप अपडेट गर्नुहोस् र आफ्नो आमालाई कल गर्नुहोस्।”

एक्सका सीईओ लिन्डा याकारिनो र मालिक इलन मस्कको “एभ्रिथिङ” एप सिर्जना गर्ने योजनाको हिस्साको रुपमा गत अगस्टमा पहिलो पटक प्लेटफर्ममा भिडियो च्याटको घोषणा गरिएको थियो।

निस्सन्देह, अडियो र भिडियो कल्स प्लेसिङ लगायत तिनीहरूको भव्य योजनाको साथमा आउने सुविधाहरू मुख्यतया प्रिमियम सदस्यहरूलाई मात्र उपलब्ध हुनेछन्। यद्यपि, कुनै पनि प्रयोगकर्ताहरूले प्रिमियम सदस्यता भए वा नभएपनि सो फिचरमार्फत फोनकल प्राप्त गर्न सक्नेछ।

यदि तपाईका लागि ह्वाट्सएप, जुम, टिम्स र अन्य सेवाहरू पर्याप्त छन् भने एक्समा कलहरू बन्द गर्न सजिलो भएको उल्लेख छ। यसो गर्नका लागि सेटिङ्गसमा गएर प्राइभेसी (गोपनीयता) र सेफ्टि (सुरक्षा) क्लिक गरेपछि प्रत्यक्ष मेसेजज (सन्देशहरू) जहाँ, तपाईंले इनेबल अडियो र भिडियो कलिङ भन्ने अप्सन (विकल्प) देख्नुहुनेछ, जुन तपाईंले स्विच अफ भएको कुरा सुनिश्चित गर्न सक्नुहुन्छ।

साथै वैकल्पिक रूपमा, एक्समा कसले तपाइँलाई कल गर्न सक्छ भनेर नियन्त्रण गर्न पनि सकिने जनाइएको छ।

यसको सीमितताले तपाइँको एड्रेस बुक, भेरिफाइड युजर्स र तपाइँले फलो गर्ने व्यक्तिहरू समावेश गर्ने उल्लेख छ। तपाईंलाई सम्पर्क गर्न तपाईंको फोन नम्बर आवश्यक नपर्ने भएकाले यी सिमितताहरू अनावश्यक कलहरूबाट बच्न सहयोगी हुन सक्नेछन्।

प्रकाशित: ६ माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया