Technology Khabar ६ माघ २०८०, शनिबार
काठमाडौं ।
भारतमा स्मार्टफोनको बिक्री बढेको छ। क्यानालिसले भारतको स्मार्टफोन बजार २०२३ को चौथो त्रैमासिकमा वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेको छ। यो वृद्धि पछिल्लो पाँच त्रैमासिकमा पहिलो पटक भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
यस अवधिमा स्मार्टफोनको ढुवानी २० प्रतिशतले बढेको छ। यस वृद्धि २०२२ को तुलनामा २०२३ को बिक्री थोरै २ प्रतिशतले घटाउन मद्दत गर्यो।
भारतमा २०२३ मा कुल ढुवानी १४८.६ मिलियन यूनिट भएको थियो भने जसमध्ये चौथो त्रैमासिकमा ३८.९ मिलियन यूनिट ढुवानी भएको थियो।
स्मार्टफोन बिक्रीका आधारमा सामसङ शीर्ष स्थानमा रहेको छ। शाओमी र भिभोले क्रमस दोस्रो र तेस्रो स्थानमा छन्।
२०२३ को चौथो त्रैमासिकमा सामसङले ७६ लाख यूनिट, शाओमीले ७२ लाखद यूनिट, भिभोले ७० लाख यूनिट, रियलमीले ४५ लाख यूनिट, ओप्पोले ३७ लाख यूनिट र अन्य ब्राण्डले ८९ लाख यूनिट स्मार्टफोन भारतमा ढुवानी गरेका छन्।

बलियो अफलाइन बिक्रीका कारण भारतमा स्मार्टफोनको बिक्री बढेको विश्लेषकहरुले बताएका छन्।
प्रकाशित: ६ माघ २०८०, शनिबार