
काठमाडौं ।
दूरसञ्चार क्षेत्रमा अग्रणी नाम मानिने गरिएको ह्वावेले हालै ‘शेन्जेन यिनवाङ इन्टेलिजेन्ट टेक्नोलोजी’ नामक नयाँ स्मार्ट कार डिभिजन स्थापना गरेको छ।अटोमोटिभ उद्योगमा ह्वावेको बढ्दो फोकसको बीचमा यो नयाँ कदम आएको हो।
यसको मुख्य दूरसञ्चार व्यवसायमा अमेरिकी प्रतिबन्धहरूले प्रभाव पारेसँगै कम्पनी अन्य क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको छ।
परियोजनामा १४ करोड अमेरिकी डलर लगानी
एक बिलियन युआन (लगभग १४०.३ मिलियन अमेरिकी डलर) को बलियो लगानीको साथ पूर्ण रूपमा ह्वावेद्वारा वित्त पोषित यो नयाँ उद्यम नयाँ बजारको लागि एउटा कदम हो। मुख्यतया आफ्नो उन्नत दूरसञ्चार उपकरणका लागि परिचित रहेको ह्वावे अब आधुनिक प्रविधिको अग्रपंक्तिमा रहेको स्मार्ट भेहिकल्सको उद्योगमा प्रवेश गर्दैछ।
परम्परागत कार निर्माण अब बढ्दो रुपमा अत्याधुनिक प्रविधिसँग जोडिएको हुनाले अटोमोबाइल उद्योगको हालको परिदृश्यलाई ध्यानमा राख्दै यो कदम विशेष रुपमा उल्लेखनीय भएको जनाइएको छ।
यस पहलको साथमा ह्वावेले स्मार्ट कार क्षेत्रमा आविष्कार गर्नका लागि भनेर आर्टिफिसियल इन्टेलिजेन्स र टेलिकम्युनिकेसन जस्ता क्षेत्रमा आफ्नो प्राविधिक क्षमताको लाभ उठाउने लक्ष्य राखेको छ।
यो विकास ह्वावेको चीनको सरकारी स्वामित्वमा रहेको कार निर्माता कम्पनी चाङ्गान अटोमोबाइलसँगको संयुक्त लगानीमा आएको हो।
प्रकाशित: ५ माघ २०८०, शुक्रबार