
काठमाडौं ।
सांसद सुमना श्रेष्ठले टेरामोसको छानबिन अन्तिमसम्म पुग्छ भन्ने ग्यारेन्टी नभएको बताएकी छन्। उनले यसमा घोटाला भएको भन्ने पर्याप्त आधार भएको भन्दै यो मन्त्रालयको कमजोरी भएको जिकिर गरिन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बिहीबारको बैठकमा यसमा कानूनी छिद्रमा खेलिएको भन्दै यसमा खेल्ने सबैलाई जेलमा पठाउनुपर्ने सांसद श्रेष्ठले दाबी गरिन्।
उनले टेरामोस जस्तै प्रविधि अहिलेनै टेलिकम कम्पनीहरुमा समेत यस्तै सिस्टम भएको बताईएको समयमा यसको आवश्यकता नभएको बताईन्।
“इलिगल भ्वाइस ओभर इन्टरनेट प्रोटोकलमा धेरै मिनेटहरुमा गएको छैन र यो भन्दा पनि अब डाटामा गयो र अब आइएसपीजको तर्फ ध्यान यता तर्फ सिफ्ट भयो। त्यसैले यसको औचित्य छैन्।” उनले भनिन्।
सांसद श्रेष्ठले टेरामोसको अवधारणा आउँदा यसलाई सहमति दिने पूर्व उपसचिव सहसचिव र सचिवहरुलाई कारबाही गरिनुपर्ने स्पष्ट पारिन्।
“यसको लागि प्रोजेक्ट बनाउने मन्त्रालयका सचिव ज्यूऽ उपसचिव ज्यू र मन्त्री ज्यूहरुको समेत लिस्ट बनाउनुपर्ने छ,” उनले भनिन्, “अहिले प्राधिकरणका अध्यक्षले राजीनामा दिँदै गर्दा उहाँलाई पहिलै निलम्बन गरेर छानबिन गर्नुपर्ने हो की होईन् ? उहाँले देश छोडेर हिँड्नुभयो भने हाम्रो त्यसमा प्रावधान के छ ?”
उनले अन्य निकायले कारबाही गर्नुपर्छ भनेर पन्छाएर मन्त्रालय भाग्न नपाईने बताए।
उनले अर्बौंका परियोजनामा नेपाली कम्पनीका सफ्टवेयरहरु किन प्रयोग हुँदैन् भन्ने समेत प्रश्न गरिन्।
प्रकाशित: ४ माघ २०८०, बिहीबार