कार्यबिधि र कानून बनाएर टेरामोस लागू गर्न सकिने सञ्चार मन्त्रीको भनाई

  • Technology Khabar | ४ माघ २०८०, बिहीबार
कार्यबिधि र कानून बनाएर टेरामोस लागू गर्न सकिने सञ्चार मन्त्रीको भनाई
सञ्चार मन्त्री रेखा शर्मा। फाइल तस्विर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न लागेको र शुरुवातदेखिनै विवादित टेरामोस (वा टेरामोक्स समेत भनिने) को विषयमा अदालत र संसदीय समितिले निर्देशन दिएअनुसार नयाँ कार्यविधि बनाएर जाने बताएकी छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बिहीबारको बैठकमा मन्त्री शर्माले अदालतले कानून बनाएर मात्र लागू गर भनेको र समितिले पनि निर्देशन दिएको अवस्थामा नयाँ कार्यबिधि र कानून बनाएर जान सकिने बताएकी हुन्।

उनले टेरामस हालसम्म लागू नभएको स्पष्ट पार्दै अदालतले पनि गोपनीयताको कानुन र कार्यविधि स्पष्ट नभएसम्म अघि नबढ्न भनेको बताईन्।

यसअघि सार्वजनिक लेखा समितिको पुस ११ गते बसेको बैठकले टेरामोस रोक्न निर्देशन दिएको थियो।

यस्तै टेरामोसको बारेमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले समेत छानबिन र अनुसन्धान गरिरहेको छ।

बैकमा संचार सचिव रामकृष्ण सुवेदीले विभिन्न निकायहरुले समेत टेरामोसमा कैफियत जनाएको भन्दै यसलाई ‘लजिकल इण्ड’मा पुर्याउनुपर्ने बताए।

प्रकाशित: ४ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार