एप्पलले आफ्नो वाच सिरिज ९ र अल्ट्रा २ बाट ब्लड अक्सिजन मोनिटरिङ फिचर हटाउने

  • Technology Khabar | ४ माघ २०८०, बिहीबार
एप्पलले आफ्नो वाच सिरिज ९ र अल्ट्रा २ बाट ब्लड अक्सिजन मोनिटरिङ फिचर हटाउने

काठमाडौं ।

एप्पलले आफ्ना नवीनतम स्मार्टवाच मोडलहरू एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ मा लगाइएको आयात प्रतिबन्धलाई हटाउन नयाँ समाधान खोजेको छ।

ब्लूमबर्गका मार्क गुरम्यानको रिपोर्ट अनुसार कम्पनीले आयात प्रतिबन्धको अपील असफल साबित भएको खण्डमा आफ्ना यी घडीहरूबाट ब्लड अक्सिजन मोनिटरिङ (अनुगमन/निगरानी) फङ्गसनालिटी नै हटाउने योजना बनाएको छ।

केहि एप्पल वाच मोडलहरूले ब्लड अक्सिजन मोनिटरिङ टेक्नोलोजी (प्रविधि) सँग सम्बन्धित पेटेन्टहरू उल्लङ्घन गरेको भन्दै मेडिकल उपकरण निर्माता मासिमोले मुद्दा दिएपछि एप्पल वाच सिरिज ९ र अल्ट्रा २ मा यो प्रतिबन्ध लगाइएको हो।

एप्पलले अक्सिमिटर फङ्गसनालिटी हटाउने संकेत

एप्पलले यस बारेमा सार्वजनिक रूपमा केही पनि खुलासा गरेको छैन्। यसले यूएस कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (अमेरिकी भन्सार र सीमा सुरक्षा) ले एप्पलको पुनः डिजाइन गरिएको घडीहरू आयात प्रतिबन्धको दायरा बाहिर परेको छ भनेर संकेत गर्दछ।

त्यसका साथै एप्पलले पुनः डिजाइन गरिएका घडीहरूमा “पल्स अक्सिमेट्री फङ्गसनेलिटी निश्चित रूपमा समावेश गर्दैन” भनि कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (भन्सार र सीमा सुरक्षा) लाई आश्वासन दिएको फाइलिङले थप नोट गरेको छ। यसले यो दुई कम्पनीहरु बीच चलिरहेको कानूनी लडाईमा एक महत्वपूर्ण विकासको प्रतिनिधित्व गरेको जनाइएको छ।

हाल एप्पलको एप्पल वाच सिरिज ९ र अल्ट्रा २ अझै पनि ब्लड अक्सिजन मोनिटरिङ टूलका साथमा उपलब्ध छन्। यद्यपि, कम्पनीले सम्भावित परिवर्तनहरूको लागि तयारी गरिरहेको र यसको अपील असफल भएको खण्डमा यो सुविधा हटाउन इच्छुक रहेको संकेत गरेको जनाइएको छ।

एप्पलले फेडरल सर्किटको लागि अमेरिकी अपीलको अदालतबाट आयात प्रतिबन्ध रोक्नको लागि आफ्नो प्रस्तावमा निर्णयको अपेक्षा गर्दछ, पूर्ण अपीलको साथ कम्तिमा एक वर्ष लाग्ने सम्भावना छ।

आयात प्रतिबन्ध गत डिसेम्बर महिनाको २६ तारिख देखि लागू भएको र यसले अस्थायी रूपमा प्रभावित एप्पल वाच मोडलहरूको बिक्री रोकिएको छ। यद्यपि, यूएस कोर्ट अफ अपील्स फर द फेडरल सर्किट (फेडरल सर्किटको लागि अमेरिकी अपीलको अदालत) ले अर्को दिन हस्तक्षेप गर्दै एप्पललाई कानुनी प्रक्रिया जारी रहँदै गर्दा बिक्री पुनः सुरु गर्न अनुमति दिएको थियो।

प्रकाशित: ४ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...