Technology Khabar ३ माघ २०८०, बुधबार
काठमाडौं ।
हार्वर्ड विश्वविद्यालयको ‘एन इनट्रोडक्शन टू द इन्टेलेक्चुअल इन्टरप्राइजेज अफ कम्प्युटर साइन्स एण्ड द आर्ट अफ प्रोग्रामिङ’ अन्तर्गतको सीएस५०एक्स नामक कोर्स (पाठ्यक्रम) नेपाल मै पहिलो पटक धरानको पूर्वाञ्चल क्याम्पसमा पढाईने भएको छ।
इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.सं), पूर्वाञ्चल क्याम्पस, धरानका विद्यार्थीहरुले नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि निःशुल्क रुपमा उक्त कोर्स (पाठ्यक्रम) सञ्चालनमा ल्याउने भएका छन्।
हार्वर्ड विश्वविद्यालयमा भने विश्व प्रख्यात प्रोफेसर डेभिड जे मलान ले सीएस५०एक्स पढाउने गरेका छन्।
उक्त कोर्समा प्रोग्रामिङ र कम्प्युटर शिक्षा मात्र नभएर प्रोब्लम–सलभिङ र एल्गोरिदमिकल्ली थिंकिङ (समस्या समाधान र एल्गोरिदमिक रूपमा सोचाइ) लाई प्रोत्साहन गरिन्छ। त्यसै कारण यो कोर्स (पाठ्यक्रम) विश्व प्रख्यात पनि रहेको छ।
उक्त कोर्स (पाठ्यक्रम) विश्वमा अलग अलग ठाउँमा समेत पढाई हुने गरेको छ। तर नेपालमा भने त्यसै क्याम्पसका विद्यार्थीहरुले प्रथम पटक सञ्चालनमा ल्याउने भएका छन्।
यस कोर्सलाई अन्तराष्ट्रिय रुपमा विभिन्न देशहरुले आआफ्नो तरिकाले एडप्ट गरेर कोर्स पढाइने समिन गैरले फोनमार्फत जानकारी दिए।
“हार्वर्ड विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड द आईटी फिल्डको यस कोर्समा विषेस गरी प्रोग्रामिङ, एल्गोरिदम र प्रोब्लम–सलभिङ फोकस गरिएको हुन्छ। यसैलाई नै नेपालमा पहिलो पटक एडाप्टेसन गरेर हामीले पूर्वाञ्चल क्याम्पस धरानमा इन्जिनियरिङको पहिलो वर्ष अध्ययनरत यो टेक्नोलोजी स्ट्रिमको विद्यार्थीहरूलाई टार्गेट गरेर सञ्चालन गराउन लागेका हौँ।” उनले भने।
साथै मंगलबारबाट फर्स्ट एयर (पहिलो वर्ष) को नयाँ भर्ना सुरु भएको उनले थप जानकारी दिए।
पहिलो वर्षको नयाँ भर्ना हुने विद्यार्थीहरूमा कम्तिमा पनि ३० जना विद्यार्थीहरूलाई राखेर यो कोर्स निःशुल्क रुपमा पढाउने तरखर गरिएको गैरले उल्लेख गरे।
प्रकाशित: ३ माघ २०८०, बुधबार