Technology Khabar ३ माघ २०८०, बुधबार
काठमाडौं ।
एप्पलले यस वर्ष आफ्नो बेसलाइन आईफोन १६ मोडलहरूमा र्याम बढाउन सक्ने विश्लेषक जेफ पुले उल्लेख गरेका छन्।
हाइटोङ इन्टरनेशनल सेक्युरिटीजका लागि जेफ पुको रिसर्च नोटबाट आएको जानकारीअनुसार प्रो भर्सनहरू सहित आईफोन १६ सिरिजका सबै मोडलहरूमा ८ जीबी र्याम हुने छन्। आफ्ना पूर्ववर्तीहरूमा अझै पनि ६ जीबी र्याम प्रयोग गरिएको हुनाले र्याममा गरिन लागिएको यो वृद्धि आईफोन १६ र १६ प्लसको लागि उल्लेखनीय कदम हुने जनाइएको छ।
त्यसैगरी नन्–प्रो आईफोन १६ मोडलहरूले फास्टर वाईफाई ६ई कनेक्टिभिटी समर्थन पनि प्राप्त गर्नेछन् जुन सुविधा आईफोन १५ प्रो मोडलहरूमा पहिले नै अवस्थित रहेको छ।
त्यसका साथै आईफोन १६ प्रो मोडलहरूमा एप्पलले २०२३ को आईफोन १५ सिरिजमा प्रयोग गरिएको एक्स ७० को सट्टा क्वालकमको स्न्यापड्रागन एक्स७५ फाईभजी मोडेम प्रयोग गर्ने पुले भनेका छन्।
यद्यपी नियमित आईफोन १६ र १६ प्लसमा पुरानो एक्स ७० मोडेम प्रयोग गरिने छ भने प्रो मोडलहरूमा तिब्र र अधिक कुशल एक्स ७५ समावेश गरिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
प्रकाशित: ३ माघ २०८०, बुधबार