Technology Khabar २ माघ २०८०, मंगलवार
काठमाडौं ।
भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर डिपफेक (नक्किली) भिडियोको सिकार भएका छन्। सचिनले सोमबार एक्समा पोस्ट गर्दै मोबाइल एप्लिकेसनको प्रमोशन गर्ने उनको भिडियो डिपफेक भएको जानकारी दिएका छन्।
डिपफेक भिडियोहरू मार्फत गलत प्रस्तुतिको शिकार हुने सेलिब्रिटीहरूमा सचिन तेन्दुलकर परेका छन्। उनले प्रविधिको यसरी बढ्दो दुरुपयोग देख्नु दुःखद भएको बताए।
‘यी भिडियोहरू नक्कली हुन्। प्रविधिको व्यापक दुरुपयोग देख्दा दुःख लाग्छ। भिडियोहरू, विज्ञापनहरू र एपहरू धेरै संख्यामा रिपोर्ट गर्न सबैलाई अनुरोध गर्नुहोस्। सामाजिक सञ्जाल प्लेटफर्महरू सजग र उजुरीहरूको लागि उत्तरदायी हुन आवश्यक छ। गलत जानकारी र डिपफेकको प्रसार रोक्नको लागि उनीहरूको तर्फ द्रुत कारबाही महत्वपूर्ण छ,’ सचिन तेन्दुलकरले एक्स पोस्टमा भनेका छन्।
भिडियोमा सचिन तेन्दुलकर ‘स्काईवार्ड एभिएटर क्वेस्ट’ नामक एपको प्रमोशन गरिरहेको देख्न सकिन्छ र आफ्नी छोरी सारा तेन्दुलकरले यो एपमा खेलेर दैनिक १८० हजार भारु पैसा कमाइरहेकी छिन् भनी दाबी पनि गर्छन्। भिडियोमा सचिन तेन्दुलकरलाई अनौपचारिक रूपमा बसेर एपको प्रचार गरिरहेको देखाइएको छ, तर भिडियोलाई नजिकबाट हेर्दा यो नक्कली भएको मिन्टले लेखेको छ।
डिपफेकको सिकार हुने सचिन पहिलो सेलिब्रे होइनन्। सामाजिक सञ्जाल विभिन्न सेलिब्रेटीहरुको डिपफेक भिडियोहरुले भरिएको छ। यस अघि बलिउडका चर्चित कलाकार रश्मिका मन्डन्ना, आलिया भट्ट, प्रियंका चोपडा लगायतको डिफेक भिडियो भाइरल भएको थियो।
These videos are fake. It is disturbing to see rampant misuse of technology. Request everyone to report videos, ads & apps like these in large numbers.
Social Media platforms need to be alert and responsive to complaints. Swift action from their end is crucial to stopping the… pic.twitter.com/4MwXthxSOM
— Sachin Tendulkar (@sachin_rt) January 15, 2024
प्रकाशित: २ माघ २०८०, मंगलवार