बीवाईडीको १,००० हर्सपावर मोटरसहितको याङ्गवाङ्ग यू७ स्लीक सेडान चीनमा अनावरण

Technology Khabar २ माघ २०८०, मंगलवार

काठमाडौं ।

चिनियाँ अटोमेकर कम्पनी बीवाईडीले आफ्नो याङ्गवाङ्ग लक्जरी सब–ब्रान्डको पहिलो इलेक्ट्रिक सेडान यू७ सार्वजनिक गरेको छ।

यो नयाँ यू७ स्लीक इलेक्ट्रिक सेडान को ओभरअल (समग्र) आउटपुट १,००० हर्सपावर भन्दा माथि रहेको जनाइएको छ। साथै अहिलेको समयमा विश्वव्यापी रूपमा अग्रणी ईभी उत्पादकको रुपमा रहेको बीवाईडीको बढ्दो भण्डारमा यो नयाँ प्रोडक्ट (उत्पादन) थप भएको छ।

फिचरहरु

बीवाईडीको फ्ल्यागसिपको रुपमा ल्याइएको यस नयाँ यू७ को मूल्य ट्याग भने निकै नै महंगो रहेको छ।  टेस्ला मोडल वाईको प्रतिद्वन्द्वीको रुपमा ल्याइएको उक्त सङ्ग एलको मूल्य २७,००० अमेरिकी डलरबाट सुरु हुने जनाइएको छ। लगभग ६६२ किमी (सीएलटीसी) को दायरा रहेको सङ्ग एलले बजारमा प्रवेश गरेको पहिलो तीन दिनमा ८,००० भन्दा बढी अर्डरको रेकर्ड कायम गरेको छ।

याङ्गवाङ्ग सब–ब्रान्ड सन् २०२२ मा लन्च गरिएको थियो भने ब्रान्डका सबै नयाँ मोडलहरू कम्पनीको नयाँ ई४ प्लेटफर्ममा आधारित हुनेछन्।

याङ्गवाङ्गले गत सेप्टेम्बरमा यू८ अफ–रोड एनईभी (न्यू इनर्जी भेहिकल) एसयूभीलाई १५०,००० अमेरिकी डलरको प्रारम्भिक मूल्यका साथ डेब्यु गराएको थियो। उक्त अफ–रोडर सबैभन्दा कठिन भू–भागको सामना गर्न डिजाइन गरिएको र १,२००एचपी (हर्सपावर) आउटपुट, ट्यांक टर्न र टायर ब्लोआउट स्टेबलाईजेसन (स्थिरीकरण) जस्ता अन्य फिचरहरुको साथ आउने जनाइएको छ।

त्यसका साथै यू८ मा रहेको युनिक फ्लोट मोड फिचरले कारलाई आपतकालिन अवस्थामा पानीमा मुभ हुन अनुमति दिनेछ।

बीवाईडीले जुलाई १० तारिखमा आफ्नो आधिकारिक वेइबो पेजमार्फत याङ्गवाङ्ग यू८ को तस्बिरहरू साझा गरेको थियो। साथै उक्त ईभीलाई मिलियन–लेभलको न्यू इनर्जी फ्ल्यागसिप सेडानको रुपमा उल्लेख गरिएको छ। त्यसैगरी यसको डिजाइन स्टाइल (शैली) मा यू९ र फेमली स्टाइल डिजाइनको मिश्रण समावेश रहेको जनाइएको छ।

यसमा यू९ को जस्तै छतमा समान हेडलाइटहरू र लाईडारका साथै लार्ज एयर इनटेक सिस्टम र कार्बन फाइबर साइड स्कर्टहरू रहेका छन्। १,०००एचपी (हर्सपावर) भएको ई४ प्लेटफर्मलाई याङ्गवाङ्गले यसको एरोडायनामिक डिजाइनको साथ कारहरूको प्रदर्शन सीमालाई विघटन गर्न प्राइमको रूपमा प्रचार गरेको छ।

याङ्गवाङ्ग यू७ को मूल्य लगभग १४०,००० अमेरिकी डलर हुने अनुमान गरिएको छ।

प्रकाशित: २ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया