
काठमाडौं ।
हरेक वर्ष जस्तै, एप्पलले बिहीबार कार्यकारीहरूको तलब विवरणको साथै अन्य जानकारी सहितको बारेमा लगानीकर्ताहरूलाई आफ्नो प्रोक्सी स्टेटमेन्ट जारी गरेको छ।यसमा अपेक्षा गरिएअनुसार स्टेटमेन्टले सीईओ टिम कुकको सन् २०२३ को कम्पेनसेसन (क्षतिपूर्ति) को पनि खुलासा गरेको छ।
टिम कुकले सन् २०२३ मा एप्पलबाट ६३.२ मिलियन अमेरिकी डलर कमाएको उल्लेख छ। यो रकमले कुकको सन् २०२३ मा ४९ मिलियन अमेरिकी डलर कमाइको प्रारम्भिक लक्ष्यलाई २८ प्रतिशतले नाघेको छ।
कुकले आफ्नो प्रारम्भिक ८४ मिलियन अमेरिकी डलर लक्ष्यलाई महत्त्वपूर्ण मार्जिनले पार गरेको एक वर्ष पछि यो आएको र अन्ततः सन् २०२२ मा ९९.४ मिलियन अमेरिकी डलर प्राप्त गरेको उल्लेख छ।
सीईओ कुकको सन् २०२३ को कम्पेनसेसन (क्षतिपूर्ति) को ब्रेकडाउन अनुसार ३ मिलियन डलर तलब, ४६.९ मिलियन डलरको स्टक अवार्ड, १०.७ मिलियन अमेरिकी डलर पर्फरमेन्स इन्सेन्टिभ्स र २.५ मिलियन अमेरिकी डलर अन्य कम्पेनसेसन (क्षतिपूर्ति) हरूमा देखाईएको छ। यद्यपी उनको आम्दानी सन् २०२२ को आयको तुलनामा ३६ प्रतिशतले घटेपनि कुकले सन् २०२३ को लागि तय गरिएको न्यून लक्ष्यलाई भने पार गरेका छन्।
त्यसैगरी उनलाई व्यवसाय र व्यक्तिगत यात्राको लागि निजी जेट प्रयोगको आवश्यकको लागि भनेर कम्पनीको सन् २०१७ को नीति अनुसार एप्पलले २०२३ मा उनको लागि व्यक्तिगत हवाई यात्रा खर्चमा १६ लाख २१ हजार ४६८ अमेरिकी डलर अलग्गै खर्च गरेको छ। यो खर्च सन् २०२२ को तुलनामा दुई गुणा बढी भएको उल्लेख गरिएको छ। त्यसका साथै समर्पित सुरक्षा सेवाहरूसँग सम्बन्धित इक्रिमेन्टल कस्टहरूमा आधारित गणना अनुसार कुकको व्यक्तिगत सुरक्षामा एप्पलले ८ लाख २० हजार ३०९ अमेरिकी डलर खर्च गरेको उल्लेख छ।
त्यसका साथै, सन् २०२३ मा एप्पल कर्मचारीहरूको लागि औसत वार्षिक क्षतिपूर्ति ९४,११८ अमेरिकी डलर भएको जनाइएको छ। साथै यसले कुकको आम्दानी र मध्यम तहका कर्मचारीको बीचमा ६७२ः१ को अनुपातमा भुक्तानी रहेको छ।
सीईओ बाहेक अन्य शीर्ष अधिकारीहरूको कम्पेनसेसन डिटेल्स (क्षतिपूर्ति विवरणहरु) को पनि खुलासा गरिएको उल्लेख छ। लुका मेस्ट्री (मुख्य वित्तीय अधिकारी)ले २६.९ मिलियन अमेरिकी डलर, केट एडम्स (जनरल काउन्सिल र सेक्रेटरी)ले २६.९ मिलियन अमेरिकी डलर, डेयरड्रे ओ’ब्रायन (रिटेलका वरिष्ठ उपाध्यक्ष)ले २६.९ मिलियन अमेरिकी डलर र जेफ विलियम्स (चीफ अपरेटिङ अफिसर)ले २६.९ मिलियन अमेरिकी डलर प्राप्त गरेका छ्न।
प्रकाशित: १ माघ २०८०, सोमबार