
काठमाडौं ।
ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई५ इभि नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
यो विद्युतीय गाडीको परिचय र प्राविधिक विवरणहरूको सूचना प्रदान गर्न ओमोडाको चिनियाँ समुहले गत डिसेम्बर २८, २०२३ मा अनलाइन लाइभ-स्ट्रिम कार्यक्रम सञ्चालन गरेको थियो।
ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्रान्ड म्यानेजर रायन वाङद्वारा आयोजित लाइभस्ट्रिम कार्यक्रम चीनमा भएको थियो, जसमा शारडा समुहका विशिष्ट अतिथिहरू र मिडिया अनलाइन मार्फत उपस्थित थिए।
उक्त प्रत्यक्ष प्रसारणमा उच्च प्राविधिक सुविधाहरू, सुरक्षा, र आधुनिक डिजाइन सहितको ओमोडा ई५ (Omoda E5) प्रस्तुत गरिएको छ । ओमोडा ई५, नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सको साथ लन्च हुनेछ जुन यसका प्रतिस्पर्धीहरू मध्ये सेगमेन्टमा उत्कृष्ट छ। ६१ किलोवाटआवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर, र ३४० न्युटनमिटर टर्कको साथ, यसले ५१० किलोमिटर र ४३० किलोमिटरको दायरा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।
ओमोडा इ ५ को एक्टेरियर (बाहिरी) डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक डिजाइन-दर्शनमा आधारित रहेको छ। यसको एक्स-आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड-मेट्रिक्स-टेललाइट, टी-आकारको डेटाइम-रनिङ-हेडलाइट ले उक्त डिजाइन सिद्धान्त दर्शाउँदछ।
उत्साहजनक एक्टेरियर डिजाइनको साथ, यो गाडीमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू सहितको इन्टेरियर डिजाइन प्रदान गर्दछ । साथै यसमा १७ एडीएएस सुविधाहरू पनि उपलब्ध छन् जसमा: ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट (LCA), डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग आदि ।
ओमोडा ई५ मा २८ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुने ‘अल्टिमेट फास्ट चार्जिङ’ सुविधा पनि रहेको छ। ओमोडाले प्रयोगकर्ताको विभिन्न आवश्यकताहरू पूरा गर्दै समृद्ध अनुभव प्रदान गर्ने दाबी गर्दछ।
ओमोडा ई५ को सजिलो खरिद तथा स्वामित्व अनुभव सुनिश्चित गर्न, एस पि जि अटोमोबाइल्सले नेपालमा आफ्नो पूर्वाधार र सेवा सञ्जाल विस्तार गर्ने योजना बनाएको जनाएको छ।
एसपिजि अटोमोबाइल प्राइभेट लिमिटेड, नेपालमा ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडको लागि आधिकारिक वितरक हो।
प्रकाशित: १ माघ २०८०, सोमबार