
काठमाडौं ।
भुक्तानी सेवा प्रदायक इसेवामा समस्या देखिएको छ। इसेवका अधिकारीका अनुसार सर्भरमा समस्या देखिँदा सेवा प्रभावित भएको हो।
‘सर्भरमा समस्या आइरहेको छ। यसले गर्दा कम्पनीको सबै नेटवर्कमै समस्या आइरहेको छ। क्यूआर लगायत भुक्तानी अवरुद्ध भइरहेको छ,’ ती अधिकारीले भने, ‘मुम्बईबाट भेन्डर मार्फत समस्यामा काम भइरहेको छ।’
अबको आधा घण्टा भित्रमा समस्या समाधन हुने उनले विश्वास व्यक्त गरे।
सेवा अवरुद्धको बारेमा जानकारी दिँदै इसेवाले लेखेको छ, ‘आदरणीय ग्राहकवर्ग, इसेवा एजेन्ट तथा मर्चेन्टहरू, केही प्राविधिक समस्याका कारण इसेवाको सेवाहरू अवरुद्ध हुन पुगेकोमा यसबाट यहाँहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। हाम्रो प्राविधिक टोली यस समस्याको शीघ्र समाधान खोजी सम्पूर्ण सेवालाई संचालनमा ल्याउनको लागि कार्यरत छन्। यसबाट हाम्रा आदरणीय ग्राहकवर्ग, इसेवा एजेन्ट तथा सम्पूर्ण मर्चेन्टहरूमा पर्न जाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ।’
प्रकाशित: २९ पुष २०८०, आईतवार