Technology Khabar २९ पुष २०८०, आईतवार
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्विर दूरुपयोग गरेको भन्दै सचेत रहन सबैसँग अनुरोध गरेको छ।
हालै केन्द्रीय बैंकले सामाजिक संजालमार्फत गभर्नर अधिकारीको नाम र तस्विर दूरुपयोग गरी ह्वाट्सएप एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन भनेको हो।
“यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी @AdhikariMaha को नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ,” सूचनामा भनिएको छ।
यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी @AdhikariMaha को नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ । pic.twitter.com/wzGgqtU1Jc
— Nepal Rastra Bank (@NepalRastraBank) January 14, 2024
प्रकाशित: २९ पुष २०८०, आईतवार