
काठमाडौं ।
स्पेसएक्सले हप्ता दिन अघि लन्च गरेको आफ्नो डि-टू-डि (डायरेक्ट–टू–डिभाइस) स्टारलिंक स्याटेलाइट्स (भूउपग्रहहरू) प्रयोग गरेर टी–मोबाइल मार्फत पहिलो टेक्स्ट म्यासेजेस पठाएको र प्राप्त गरेको घोषणा गर्यो।
सन् २०२२ को अगस्टमा पहिलो पटक खुलासा गरिएको यस परियोजनाले टी–मोबाइल ग्राहकहरू टेरेस्टोरियल डेड जोन (स्थलीय नेटवर्क नभएको क्षेत्र) मा हुँदा पनि अनलाइन रहन सकुन् भनेर नियमित सेल फोनहरूमा स्याटेलाइट इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ।
टी–मोबाइलले सन् २०२४ मा टी–मोबाइलका साथ टेक्स्ट सर्भिसेसलाई सार्वजनिक रूपमा लन्च गर्ने र सन् २०२५ मा भ्वाइस, डाटा र आईओटी (इन्टरनेट अफ थिंग्स) का योजनाहरू विस्तार गर्ने लक्ष्य राखेको टी–मोबाइले बताएको छ। साथै विश्वव्यापी रूपमा, स्पेसएक्सले क्यानडाको रोजर्स, अष्ट्रेलियाको ओप्टस र जापानको केडीडीआईसँग साझेदारी गरेको उल्लेख छ।
योजनालाई डी२डी क्यापाबिलिटी (क्षमता) भएका स्टारलिंक स्याटेलाइट्सको ठूला र विशेष संस्करणहरू चाहिने जनाइएको छ। साथै बिना कुनै समस्या प्रारम्भिक परीक्षणहरू पूरा गर्दै स्पेसएक्सले ती मध्ये पहिलो ६ ओटा स्याटेलाइट जनवरी २ तारिखमा प्रक्षेपण गरेको थियो।
“सोमबार, जनवरी ८ तारिखमा, प्रक्षेपणको ६ दिन भन्दा कम समय पछि, हामीले हाम्रो पहिलो टेक्स्ट म्यासेज टी-मोबाइल नेटवर्क स्पेक्ट्रम प्रयोग गरेर अन्तरिक्षमा हाम्रा नयाँ स्याटेलाइट्सबाट जमिनमा रहेको अनमोडिफाइड (अपरिवर्तित) सेल फोनहरूबाट पठायौं र प्राप्त पनि गर्यो …प्रणालीले काम गर्दछ,” स्पेसएक्सले ब्लग पोस्टमा लेखेको छ।
त्यसैगरी योजनालाई घोषणा गरिएको समयमा टी–मोबाइलका सीईओ माइक सिवेर्टले यो प्रविधि आकाशमा सेलुलर टावर राखे जस्तै भएको बताए।
यद्यपी एलटीई/फोरजी (फाईभजी प्रोटोकल्स होइन) प्रयोग गर्ने प्रणाली भने आकाशका सेल टावरहरू भन्दा अलि बढी जटिल भएको स्पेसएक्सले बताएको छ। स्याटेलाइट्स पृथ्वीको सापेक्ष दशौं हजार माइल प्रति घण्टाको गतिमा सर्ने हुनाले तिनीहरू बीचको डाटा निर्बाध रूपमा हस्तान्तरण गरिनुपर्ने हुन्छ। डपलर शिफ्ट, समयमा ढिलाइ र स्मार्टफोनको तुलनात्मक रूपमा कम प्रसारण शक्तिलाई पनि हिसाब गर्नुपर्ने थप उल्लेख गरिएको छ।
यस प्रकारको प्रणाली परीक्षण गर्ने यी दुई कम्पनीहरू पहिलो भने होइनन्।
सञ्चार विशेषज्ञ एएसटी स्पेसमोबाइलसँग काम गर्दै एटी एन्ड टी ले अप्रिलमा जापानको एउटा स्टक सामसङ ग्यालेक्सी एस२२ स्मार्टफोनमा कल गर्दै आफ्नो नेटवर्कको पहिलो दुई–तर्फी स्याटेलाइट अडियो कल सफलतापूर्वक सञ्चालन गरेको थियो।
प्रकाशित: २९ पुष २०८०, आईतवार