सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने

  • Technology Khabar | २८ पुष २०८०, शनिबार
सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने

काठमाडौं ।

भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन्।

ड्राइभिङ स्कुल सङ्घको पाँचौं महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताए।

“आज मात्रै ६ लाख कार्ड ल्याइएको छभने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं। लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ।” उनले भने, “माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ ।”

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कुलहरूले रोजगारी सृजना गर्दै आएको बताए। उनले भने, “स्कुल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीनवटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्नेछ।”

अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनमा देशभर एक हजार पाँच सय व्यवसायीका तीन सय ५० जना प्रतिनिधि सहभागी छन्। रासस

प्रकाशित: २८ पुष २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार