गुगलले एन्ड्रोइड फोनमा ‘नियरबाई शेयर’ फिचर बन्द गर्दै, तिब्र डाटा ट्रान्सफरको लागि नयाँ विकल्प

  • Technology Khabar | २८ पुष २०८०, शनिबार
गुगलले एन्ड्रोइड फोनमा ‘नियरबाई शेयर’ फिचर बन्द गर्दै, तिब्र डाटा ट्रान्सफरको लागि नयाँ विकल्प

काठमाडौं ।

गुगलले एन्ड्रोइड फोनहरूको लागि एक प्रसिद्ध सेवाको लागि सामसङसँग हात मिलाउन लागेको सीईएस २०२४ इभेन्टमार्फत घोषणा गरेको छ।

गुगलले भनेअनुसार दुबै कम्पनीहरूले आफ्नो ‘शेयरिङ्ग सलुसन’लाई एपमा रूपान्तरण गर्न हात मिलाएका छन्। प्रयोगकर्ताहरूले अब एन्ड्रोइड उपकरणहरू साथै क्रोमबुक ल्यापटपहरूमा डाटा साझेदारी गर्न सक्षम हुनेछन्।

२०२० मा, गुगलले एन्ड्रोइड फोनहरूमा ‘नियरबाई सेयर’ नामक सेवा सुरु गर्यो जसमा कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई छिटो डाटा ट्रान्सफर गर्न अनुमति दिन्छ।

अर्कोतर्फ, सामसङले क्विक सेयर मार्फत आफ्ना फोनहरूमा यस्तै सेवा प्रदान गर्दछ। अब दुवै कम्पनीले यी एपहरूलाई एउटै एपमा रूपान्तरण गर्ने निर्णय गरेका छन् र अपडेट गरेपछि प्रयोगकर्ताले क्विक सेयर नामबाट यता उता डाटा ट्रान्सफर गर्न सक्नेछन्।

प्रयोगकर्ताहरूले यो सुविधा एन्ड्रोइडमा मात्र नभई क्रोमबुक ल्यापटपमा पनि पाउनेछन्। यससँगै गुगलले विन्डोज कम्प्युटरहरूमा क्विक सेयर एपलाई डिफल्ट एपको रूपमा उपलब्ध गराउन एलजी जस्ता पीसी निर्माताहरूसँग पनि काम गरिरहेको बताएको छ।

गोपनीयता सेटिङ्स तपाईंको नियन्त्रणमा रहने

गुगलले ब्लगपोस्टमा भनेअनुसार अब प्रयोगकर्ताहरूले एकै ट्यापमा डाटा ट्रान्सफर गर्न सक्नेछन्। साथै, प्रयोगकर्ताहरूले आफ्नो सुविधाअनुसार गोपनीयता सेटिङ्स समायोजन गर्न सक्छन्। तपाईं आफ्नो डिभाइस कको सँग कनेक्ट गर्ने भनेर छनोट गर्न सक्नुहुन्छ। यसका लागि तपाईंले कन्ट्याक्ट, एनिवन र योर डिभाइससहित ३ ओटा विकल्प पाउनुहुनेछ।

कम्पनीले अर्को महिनादेखि क्विक सेयर सेवा नियरबाई शेयर (Nearby Share) सक्षम डिभाइसहरूमा उपलब्ध गराउने बताएको छ। अब तपाईंले एन्ड्रोइड फोनको सूचना प्यानलमा नियरबाई शेयरको सट्टा क्विक शेयर (Quick share) को विकल्प पाउनुहुनेछ।

कम्पनीले ‘फास्ट पेयर’ सेवा विस्तार गर्दै

गुगलले मोबाइल पछि क्रोमकास्टसँगै गुगल टिभीमा पनि फास्ट पेयर सेवा विस्तार गरिरहेको बताएको छ। यसको मद्दतले तपाइँ ब्लुटुथ उपकरणहरू तिब्रगतिमा जोडन सक्षम हुनुहुनेछ।

प्रकाशित: २८ पुष २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार