
काठमाडौं ।
सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा. लि. र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबीच कोर बैकिङ्ग प्रणाली (INFINITY) प्रयोग गर्ने समझदारी भएको छ।
लगनखेलस्थित संघको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिश कुमार झा र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका कोषाध्यक्ष वसन्त मालीले समझदारी पत्रमा हस्ताक्षर गरेको कम्पनीले जनाएको छ।
सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा संघका कोषाध्यक्ष मालीले खुसी जनाए।
यसैगरी ललितपुर जिल्ला संघका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भिम खड्काले यस साझेदारीले ललितपुरका सहकारीलाई डिजिटाइज एवं स्वचालित बनाउने बताएका छन्।
इन्फोडेभलपर्सका सेल्स म्यानेजर अनिश कुमार झाले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने आशा व्यक्त गरेका छन्। साथै आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरुसँग समेत सहकार्य गर्दै जाने उनले बताए।
कम्पनीकाअनुसार कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भिम खड्का, इन्फोडेभलपर्सका तर्फबाट सेल्स अफिसर श्रीधन डंगोलको समेत उपस्थिती थियो।
प्रकाशित: २७ पुष २०८०, शुक्रबार