दुई दिने “वर्डक्याम्प नेपाल २०२४” आजदेखि पोखरामा हुँदै

  • Technology Khabar | २७ पुष २०८०, शुक्रबार
दुई दिने “वर्डक्याम्प नेपाल २०२४” आजदेखि पोखरामा हुँदै

काठमाडौं ।

“वर्डक्याम्प नेपाल”को छैठौँ संस्करण आधिकारिक रूपमा यही शुक्रबार र शनिवार पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुँदैछ। वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्पहरू आयोजना गर्दै आइरहेको छ।

पछिल्लो पटक सन् २०२२मा भरतपुरमा सफलतापूर्ण सम्पन्न भएको यस कार्यक्रम यो पटक पोखरामा आयोजना हुन लागेको कुराले नेपालमा रहेका वर्डप्रेस सम्बद्ध समुदाय उत्साहित रहेको बताईएको छ।

कार्यक्रममा पोखरा भन्दा बाहिरका ४०० स्वदेशी बंगलादेश, भारत, अमेरिका, मलेसिया, युरोपियन मुलुकहरु, जस्ता विभिन्न राष्ट्रहरु बाट २०० गरी झन्डै १००० जना भन्दा बढी स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति रहने छ।

सम्मेलनका आकर्षणहरु

दुई दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन (१२ जनवरी) मा वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्ने बारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ भने दोस्रो दिन (१३ जनवरी)मा मुख्य सम्मेलन सम्पन्न हुनेछ। जसमा बिहानदेखि बेलुकासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले वर्डप्रेस साथै सूचना प्रविधि सम्बन्धी विभिन्न विषयहरुमा रहेर जानकारी तथा प्रशिक्षण दिनुहुनेछ। सम्मेलनका मुख्य आकर्षणहरु यस प्रकार रहनेछन्।

वर्डप्रेस र सूचना प्रविधी क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले वेभ डिजाइन, युजर इन्टरफेस डिजाइन, डिजिटल मार्केटिङ्ग, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन, मेसिन लर्निङ, आर्टिफिशियल इन्टेलिजेन्स, वर्डप्रेस समुदायको विकास लगायतका अन्य थुप्रै विषयहरुमा अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै सूचना तथा प्रविधीका नविन आयामहरु बारे जानकारी प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।

हालसम्म बंगलादेश बाट ४ जना, भारत बाट ६ जना, जर्मनी बाट १ जना, स्विजरल्याण्ड बाट १ जना, अमेरिका बाट १ जना र नेपाल बाट ३० जना गरी ४३ जना वक्ताहरूले सत्रहरू प्रस्तुत गर्नेछन्। नेपाली वक्ताहरूमा डा. महावीर पुन समेत सामेल हुने विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: २७ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार