मेटाले इन्स्टाग्रामबाट ६० टेक्निकल प्रोग्राम म्यानेजरलाई निकाल्यो

  • Technology Khabar | २७ पुष २०८०, शुक्रबार
मेटाले इन्स्टाग्रामबाट ६० टेक्निकल प्रोग्राम म्यानेजरलाई निकाल्यो

काठमाडौं ।

इन्स्टाग्रामको टेक्निकल प्रोग्राम म्यानेजर (टीपीएम)हरु हटाएको छ। रिपोर्टका अनुसार कम्तिमा ६० जना कर्मचारीहरु निकालिएका छन्।

प्रभावित कर्मचारीमा टेक्निकल प्रोग्राम म्यानेजर, प्राविधिक कर्मचारी जसमा इन्जिनियर र उच्च स्तरीय प्रोडक्ट म्यानेजरहरु छन्।

जागिर गुमाउने कामदारहरूलाई प्रोडक्ट म्यानेजरको पदको लागि विचार गर्न अन्तर्वार्ता लिइने बताइएको छ। मार्चसम्म जसले छोड्ने निर्णय गरेका छन् उनीहरुलाई नयाँ भूमिका दिइएको छैन। र, उनीहरुसम्म अब मेटाको जागिर हुने छैन।

कम्पनीले २०२२ मा ११ हजार र २०२३ मा १० हजार रोजगारी कटौती गरेको छ। पछिल्लो केही समयदेखि ठूला टेक कम्पनीले आफ्नो खर्च कटौती गर्न कर्मचारीहरु निकालिरहेका छन्। साथै मेटाले नयाँ नियुक्तीलाई पनि होल्ड गर्दै आइरहेको छ।

प्रकाशित: २७ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार