नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर २०८०’, डाटा र भ्वाइसका आकर्षक प्याकहरु

  • Technology Khabar | २६ पुष २०८०, बिहीबार

काठमाडौं ।

नेपाल टेलिकमले समय समयमा विभिन्न प्रकारका अफरहरु उपलब्ध गराउँदै आएको छ, यसै क्रममा भोलि (२०८० पुस २७) देखि लागु हुने गरी विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको छ।

यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको छ। यसअनुसार १ दिनको समयावधिका लागि रु. १९ मा ४०० एमबी र रु.३३ मा १२०० एमबी डाटा उपलब्ध हुनेछ। त्यसैगरी ७ दिनको समयावधिका लागि लागि रु. १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु. २९८ मा ७ जीबी डाटा उपलब्ध हुनेछ।

स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि रु. १०९ मा ६ जीबी डाटा तथा रु. १३९ मा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ। त्यसैगरी २ घण्टाको समयावधिका लागि रु. ३५ मा अनलिमिटेड प्याक उपलब्ध हुनेछ।

यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ। त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तररुपमा उपलब्ध हुने प्रवक्ता शोभन अधिकारीले बताए।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने जनाएको छ।

प्रकाशित: २६ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार