एप्पलले प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्जहरुलाई भारतमा आफ्नो एप स्टोरबाट हटायो

  • Technology Khabar | २६ पुष २०८०, बिहीबार

काठमाडौं ।

भारतीय सरकारले देशभित्र मनी लन्ड्रिंग कानूनको पालना नगरेको र देशमा अवैधरूपमा सञ्चालन भएका क्रिप्टो एक्सचेन्जहरूलाई कारण देखाउ नोटिस जारी गरेपछि एप्पलले भारतमा आफ्नो एप स्टोरबाट बाइनान्स र कुक्वाइन जस्ता शीर्ष ग्लोबल क्रिप्टोकरेन्सी एक्सचेन्जहरू हटाएको छ।

भारतीय वित्त मन्त्रालय अन्तर्गतको फाइनान्सियल इन्टेलिजेन्स युनिटले गत महिना मनी लन्ड्रिङ ऐन पालना नगरी देशमा सञ्चालन गरेको भन्दै बाइनान्सलगायत नौ ओटा अफशोर भर्चुअल डिजिटल सम्पत्ति सेवा प्रदायकलाई कारण देखाउ सूचना जारी गरेको थियो।

एप्पलले आफ्नो एप स्टोरबाट यी क्रिप्टो एक्सचेन्जहरू हटाएपनि यी क्रिप्टो एपहरू गुगलको प्ले स्टोरमा उपलब्ध भएको मिडिया रिपोर्टहरुमा उल्लेख छ।

गत महिना, वित्त मन्त्रालयले पनि आईटी मन्त्रालयलाई यी क्रिप्टो कम्पनीहरूको यूआरएलहरू ब्लक गर्न भनेको थियो। मनी लन्ड्रिङ विरोधी कानुन तोडेको आरोपमा दोषी ठहरिएपछि बाइनान्सले अमेरिकामा अनुसन्धानको सामना गरिरहेको छ।

बाइनान्सका प्रमुख चाङ्गपेङ्ग झाओ संसारको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्जको कामको लागी एक अनुसन्धान पछि एक बहुबिलियन-डलर सम्झौताको एक भागको रूपमा पद छोड्न बाध्य भएका थिए।

प्रकाशित: २६ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया