डुअल फोरके ओएलईडी माइक्रोडिस्प्लेका साथ सोनीको मिक्स्ड रियालिटी हेडसेट सार्वजनिक

  • Technology Khabar | २६ पुष २०८०, बिहीबार

काठमाडौं ।

सोनीले मिक्स्ड रियालिटी हेडसेट सार्वजनिक गरेको छ। मिक्स्ड रियालिटी हेडसेट सिमेन्ससँगको सहकार्यमा तयार गरिएको हो।

हेटसेटमा फोरके रिजोल्युसन र ९६ प्रतिशत डीसीआई–पी३ कभरेजका साथ दुई १.३ टाइप ओएलईडी माइक्रोडिस्प्ले छन्। यो गत हप्ता घोषणा गरिएको स्न्यापड्रागन एक्सआर२प्लस जेन २ द्वारा सञ्चालन हुन्छ।

सिस्टमले ‘स्प्लिट रेन्डरिङ’ लाई सपोर्ट गर्छ। जसमा ठूला थ्रीडी मोडेलहरू रेन्डर गर्दा स्थिर फ्रेम दर प्राप्त गर्न हेड–माउन्ट गरिएको डिस्प्ले र कम्प्युटरहरू बीच कम्प्युटेशनल कार्यभार विभाजित गर्दछ।

हेडसेटले रियल टाइम ‘थ्रीडी वस्तुहरूको बनावट र मानव क्यारेक्टरहरूको अनुहारको अभिव्यक्तिको यथार्थवादी प्रतिपादन’ प्रदान गर्ने सोनीले दाबी गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

स्पेशल ट्रयाकिङ ६ क्यामरा र सेन्सरको उपयोग गरेर गरिन्छ। जसले भिडियो हेर्ने कार्यक्षमता पनि प्रदान गर्छ। जसले भर्चुअल वस्तुलाई रियल वर्ल्डमा मिलाउन अनुमति दिन्छ।

हेडसेट दुई कन्ट्रोलरका साथ उपलब्ध छ। एउटा रिङ जस्तो देखिन्छ र थ्रीडी वस्तुहरुको हेरफेर गर्न अनुमति दिन्छ। अर्को एक एक्युरेट पोन्टर हो जसले डिजाइनरलाई भर्चुअल बस्तुहरु बनाउन र हेरफेर गर्न मद्दत गर्छ।

हेडसेट सिमेन्सको एनएक्स इमर्सिभ डिजाइनर सफ्टवेयरसँग एकीकृत हुनेछ।

यस वर्षको अन्यसम्म बजारमा उपलब्ध हुने एक्सआर हेडसेटको मूल्यको सम्बन्धमा कम्पनीले जानकारी उपलब्ध गराएको छैन।

प्रकाशित: २६ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया